काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँ बढेको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ छ । यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलामा १९ सय ३० रुपैयाँ कायम भएको जनाएको हो । हिजो चाँदीको मूल्य तोलामा १९ सय २० रुपैयाँ कायम थियो ।
बढ्यो सुनको भाउ, कतिमा हुदै छ त कारोबार?
Related Posts
तपाइको ग्रह अनुसार लगाउनुहोस यि रत्न जस्ले मिल्छ फल नै फल
काठमाडौँ– ज्योतिषशास्त्रमा रत्नको महत्व धेरै नै हुन्छ । साथै यसलाई...
साउनमा बेलपत्रसँग सम्बन्धित नियमहरूमा ध्यान राख्नुहोस्, तब मात्र पूजा सफल हुने विश्वास
भगवान शिवको प्रिय महिना अर्थात् साउनमा शिवलिंगमा बेलपत्र अर्पण गर्नु...