किन निदाउछ हात खुट्टा ? जानी राखौ

    काठमाडौँ – कहिलेकाहीँ हामी बसिरहँदा हात वा गोडा निदाइदिन्छ अनि झनन्न भएको अनुभव हुन्छ ।

    लामो समय एउटै पोजिसनमा बस्दा गोडा निदाउँछ भने हात टेकेर वा थिचेर बस्दा पनि निदाउँछ । हातगोडा झट्कारेको केही क्षणपछि बल्ल तिनीहरू ठिक ठाउँमा आउँछन् । आखिर किन यस्तो हुन्छ ?

    यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ। यस्तो शरीरका अन्य भागमा पनि हुन्छ। लामो बेला–बेलामा हात, खुट्टामा यस्तो अनुभव गर्छन्।  लामो समयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अंगमा दबाब पर्छ र त्यो अंग निदाउँछ।

    यी नसाहरु कोशीय फाइबरबाट बन्छ र प्रत्येक एक कोशीय फाइबर अलग–अलग संवेदनालाई मस्तिष्कसम्म पुर्‍याउने काम गर्छ। यी फाइबरको मोटाई पनि कम या बढी दुवै हुन सक्छ। यसको प्रमुख कारण माइलिन नामक सेतो रंगको पदार्थद्वारा बनाइएको झिल्ली हो।

    यसमा दबाब पर्दा मस्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन या रक्तसञ्चार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत या अक्सिजन अभावमा अवरुद्ध हुन्छ। यही कारण त्यहाँ संवेदना महसुस हुँदैन र त्यो अंग निदाउँछ। पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत या अक्सिजन सञ्चार नियमित हुन्छ र अंग पुनः संवेदनशील हुन्छ।

    यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै चोट पुग्दैन। तर केही समयमा लागि अनौठो महसुस हुन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *