जान्नुहोस घिउ कुमारीको जुसको रोचक सौन्दर्यसँगै स्वास्थ्य लाभ !

    घिउकुमारीलाई लामो समयदेखि सुन्दर हुनको लागि प्रयोग गर्दै आएको छ । तर यो सुन्दरताको सँगै स्वास्थ्यको लागि पनि फाइदाजनक छ । जति छालाको लागि राम्रो मानिन्छ । राम्रो स्वास्थ्यको लागि बिहान खाली पेटमा घिउ कुमारीको जुस पिउनका लागि विज्ञहरु सल्लाह दिन्छन् ।

    एलोभेराले क्यान्सरबाट मात्रै बचाउदैनन अन्य बिरामीलाई निको पार्नको लागि पनि सहयोग गर्छ । आज हामी तपाईलाई घिउ कुमारीको फाइदाकोबारेमा जानकारी दिनेछौँ ।

    कब्जियतको उपचार
    घिउ कुमारीमा कैयन् औषधीको गुणहरु हुन्छन् । जसले कब्जियतलाई भगाउनका लागि मद्दत गर्छ । साथै पाचन प्रणालीकोसमस्या भएका व्यक्तिहरुले पनि घिउ कुमारीबाट धेरै फाइदा लिन सक्नेछन् ।

    मुटुको जलनबाट राहत
    गर्मीमा मुटुमा जलन र एसिड रिफ्लक्सको समस्या बढी हुने गर्छ । तर, एलोभेराको जुसले कुनै पनि असहज साइड इफेक्ट बिना यी समस्याहरूलाई हटाउन मद्दत गर्छ ।

    इरिटेबल बोवेल सिन्ड्रोम
    एलोभेराको जुस इरिटेबल बोवेल सिन्ड्रोम (आइवीएस)को उपचारमा पनि उपयोगी साबित हुन सक्छ । यस्तो अवस्थामा आन्द्रा सुन्निन्छ, जसले दुखाइ र अन्य समस्या निम्त्याउँछ।

    वजन नियन्त्रणमा राख्नुहोस्
    भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्टले भरपूर एलोभेराको जुसले भोकलाई नियन्त्रण गर्छ, जसले तौल बढ्नबाट रोक्छ ।

    शरीर डिटक्स गर्नुहोस्
    एलोभेराको जुसले शरीरबाट विषाक्त पदार्थ निकाल्छ र शरीरको प्रणालीलाई सफा गर्छ। साथै यसमा पाइने तत्वले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोगी हुन्छ ।

    रक्त शर्करा नियन्त्रण
    एलोभेराको जुस मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ । बिहान खाली पेटमा यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र मधुमेह र हाइपरलिपिडेमियाका बिरामीहरूमा लिपिड कम गर्न मद्दत गर्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *