जानुहोस्, यी खानेकुरा काचै खानुको फाइदाहरु

    हामी फलफूल बाहेक प्राय खानेकुराहरू पकाएर नै खान्छौ । तर केही यस्ता खानेकुराहरू पनि छन् जसलाई पकाएर भन्दा पनि काँचै सेवन गर्दा अझ बढी पौष्टिक तत्त्व र स्वास्थ्य लाभ लिन सकिन्छ ।

    स्वस्थ रहनका लागि स्वास्थ्यकर खानेकुरा आवश्यक हुन्छ । खाना खाँदा अनेक कुरामा ध्यान दिनुपर्छ । अनि कुन खानेकुरा कसरी खाने हो भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

    केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । तर केही खानेकुराहरुबाटै भरपूर पोषक तत्त्व शरीरले प्राप्त गर्नका लागि केही खानेकुरा काँचै खानु स्वास्थ्यकर ।

    प्याज

    प्याजमा उच्च मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ र यसले फोक्सोलाई स्वस्थ राख्न सहायता गर्छ । यसलाई काँचै सेवन गर्दा राम्रो हुन्छ ।

    पालुङ्गो

    पालुङ्गोमा भिटामिन सी अत्यधिक हुन्छ । यसलाई पकाउँदा दुई तिहाइ भाग नष्ट हुन्छ । पालुङ्गो पकाउँदा अक्सालिक एसिड नाश हुन्छ । त्यो तत्त्वले शरीरलाई क्याल्सियम, आइरन र म्याग्नेसियम सोस्न सहायता गर्छ । यसलाई राम्ररी धोइपखाली गरेर खाँदा राम्रो गर्छ ।

    लसुन

    लसुनलाई पकाउँदा एन्टीअक्सिडेन्ट एलिसिन हराउँछ । त्यो तत्त्वले मुटु रोग र अन्य स्वास्थ्य समस्यासँग लड्न सहायता गर्छ । लसुन काँचै खाँदा एलिसिन तत्त्व रहिरहन्छ ।

    भेडे खुर्सानी

    भेडे खुर्सानीमा उच्च मात्रामा भिटामिन सी उपलब्ध हुन्छ । यसलाई पकाउँदा यसमा भएको भिटामिन नष्ट हुन्छ र पोषण पाइँदैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *