कुन उमेरमा चाम्किन्छ त हजुरको भाग्य, जानुहोस !

    यदि तपाईलाई ज्योतिष विज्ञानमा विश्वास गर्नुहुन्छ भने फरक-फरक राशीका मानिसहरूको भाग्य फरक-फरक उमेरमा नै चम्किन्छ । तपाईको जीवनमा आमुल परिवर्तन गरिदिने महत्वपूर्ण कामहरू कुन वर्ष अथवा भनौं कुन उमेरमा बन्छन् भन्ने जान्नुहोस् ।

    आफ्नो राशी अनुसार थाहापाउनुहोस् तपाइँको भाग्य चम्कने समय/समय

    मेष राशी हुने : चू, चे, चो, ला, ली, लू, ले, लो, अ, अक्षरबाट नाम सुरु हुने मानिसहरूको राशी मेष हुने छ । यो राशी हुने मानिसको जीवनमा १९, २२, २३, र २८ वर्षको उमेर महत्वपूर्ण कामहरु हुने ज्योतिष विज्ञानले बताउँछ ।
    वृष राशी हुने : ई, उ, ए, ओ, वा, वी, वू, वे, वो अक्षरबाट नाम सुरु हुने मानिसहरूको जीवनमा २०, २२, २४ र ३१ वर्षको उमेरमा महत्वपूर्ण उतारचढाव आउने गर्दछ।

    मिथुन राशी हुने : का, की, कू, घ, ङ, छ, के, को, ह अक्षरबाट ना सुरू हुनेहरुको भाग्य १८, २१, ३०, र ३९ वर्षको उमेरमा चम्किन्छ ।

    कर्कट राशी हुने : ही, हू, हे, हो, डा, डी, डु, डे, डो अक्षरबाट नाम सुरु हुने मानिसहरुको १३, २२, र ३१ वर्षको उमेर महत्वपूर्ण हुने गर्दछ ।
    सिंह राशी हुने : मा, मी, मू, मे, मो, टा, टी, टू, टे अक्षरबाट नाम सुरू हुनेहरुलाई २३, ३२, ४२, र ५० वर्षको उमेरमा धन, पद-प्रतिष्ठा प्राप्त हुने गर्दछ ।

    कन्या राशी हुने : ढो, प, पी, पू, ष, ण, ठ, पे, पो अक्षरबाट नाम सुरु हुने मानिसहरुको १५, १८, २४, र ३३ वर्ष निकै नै उपलब्धी पूर्ण हुने गर्छ ।
    तुला राशी हुने : र, री, रू, रे, रो, ता, ति, तू, ते अक्षरबाट नाम सुरु हुने मानिसहरुको जीवन १६, २५, र ३४ वर्षमा बदलिन्छ ।

    वृश्चिक राशी हुने : तो, न, नी, नू, ने, नो, या, यि, यू अक्षरबाट नाम सुरू हुनेहरुले १७, २६, २८ वर्षमा सफलता प्राप्त गर्दछन् ।
    धनु राशी हुने : य, यो, भा, भि, भू, ध, फा, ढ, भे अक्षरबाट नाम भएकाहरूको जीवनमा १८, २७, ३०, र ३६ वर्षमा अकल्पनिय सफलता प्राप्त हुने गर्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *