बिहान खालि पेट चिया खाने बानी छ ? आझैबाट सावधानी अपनाउनु नत्र हुन सक्छ यी जटिलता

    काठमाडौँ– अधिकांश मानिस चियामा के्रजी छन् । यसका सौखिनहरु त बिहान बेलुका हरेक समय चियामै हुन्छन् । चियाको स्वास्थ्यको लागि हानिकारक भनिए पनि उनीहरुलाई कुनै असर पर्दैन । चियालाई सही तरिकाले पिउन सक्यो भने यसले खासै असर गर्दैन । तर गलत समयमा चिया पिएमा स्वास्थ्यमा विभिन्न समस्या ल्याउने गर्छ । त्यसैले बिहान वा बेलुका जुनसुकै बेला खाली पेटमा चिया पिउन राम्रो होइन ।

    तपाई बिहान खाली पेटमा जे भए पनि खाएर मात्रै चिया पिउन सक्नुहुन्छ । ओछ्यानबाट उठ्ने बित्तिकैभन्दा पनि उठेको केही समय पछि मात्रै चिया पिउन सक्नु हुन्छ । चिया पिउनुभन्दा पहिले एक वा दुई गिलास पानी पिउनुहोला । यसले तपाईको शरीरमा पानीको कमीको हुनबाट बचाउँछ ।

    आज हामी तपाईलाई यस लेखमा बिहान खाली पेटमा चिया पिउनुको बेृफाइदाको बारेमा जानकारी दिने छौँ ।

    पेटमा असर गर्छ
    यदि तपाई खाली पेटमा चिया पिउनु हुन्छ भने यसले धेरै असर पार्छ । यसले तपाईलाई एसिडिटी, ग्यास, पेट फुल्ने र अपच हुनेजस्ता समस्याहरु हुन्छ । जो मानिस पहिलेदेखि नै पेटसम्बन्धी रोगले विरामी छनु । उनीहरुले भुलेर पनि खाली पेटमा चिया पिउनु हुन्न । खासमा चियामा एसिड हुन्छ । यसले गर्दा बिहान खाली पेटमा चिया पिउदा एसिडको मात्रा थप बढाउँछ ।

    दाँतमा समस्या बढाउँछ
    यदि तपाई बिहान बिहानै उठ्ने बित्तिकै चिया पिउनु हुन्छ भने यो तपाईको स्वास्थ्यको लागि राम्रो होइन । चियामा प्राकृतिक रुपमा एसिड हुन्छ । जसले गर्दा राम्रो दाँत पनि विग्रन सक्ने सम्भावना हुन्छ । यसका साथै चियामा नराम्रो डकार आउँछ । चियामा ट्यानिक एसिड हुन्छ । यसले दाँतलाई पहेलो र नराम्रो बनाउँछ । यदि घरका बच्चाहरुमा सानैदेखि यस्तो आदत भयो भने उनको स्वास्थ्यमा निकै नै नराम्रो असर पर्न सक्छ ।

    आइरन र क्याल्सियमको कमी
    सधैँ खाली पेटमा चिया पिउनुले शरीरमा आइरन चक्कीको कमी हुन सक्छ । चियामा टैनिन्ुस हुने भएकोले शरीरमा आइरन र क्याल्सियमको कमी हुन्छ । यसले शरीर कमजोर र थकान तथा चक्कर लाग्ने जस्ता समस्या हुन्छ । यसले आइरन र क्याल्सियम नहुने भएकोले विभिन्न प्रकारका रोगहरु लाग्ने गर्दछ ।

    क्यान्सरको खतरा बढ्छ
    चियाका सौखिन हुनुहुन्छ भने आजैदेखि यसको आदत बद्ल्नु होला । किनकि यो सानो आदतले गर्दा तपाईलाई क्यान्सर जस्तो खतरनाक बिमारी हुन सक्छ । बिहान खाली पेटमा चिया पिउने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा बढी हुन्छ । खासमा अधिकांश पुरुषहरु दिनमा ५ वा ६ पटक चिया पिउने बानी हुन्छ । तर बिहान खाली पेटमा चिया पिउनु धेरै खतरा हुन्छ । अरु कुनै खतरा लिनुभन्दा पनि यस आदतलाई समयमै सुधार गर्नु राम्रो हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *