क्यान्सरका केही तथ्य ! जानी राखौ

    ‘क्यान्सर’ भयावह रोग, जसको उपचार महँगो मात्र नभई कतिपय अवस्थामा असम्भव हुने गर्छ । जब शरीरमा खराब कोशिकाहरूको बढोत्तरी हुन्छ, त्यसले क्यान्सर पैदा गर्छ । आज यही रोगका विभिन्न तथ्यका बारेमा जानकारी दिँदै छौ ।

    – क्यान्सरका एक सय भन्दा बढी प्रकार छन्। यो रोगले शरीरको जुनसुकै भागमा पनि असर गर्न सक्छ।

    – क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत मृत्यु अल्प विकसित र कम विकसित देशमा हुने गरेको छ।

    –  विश्वभरमा नै क्यान्सरका कारण हुने पुरुष मृत्युमध्येमा फोक्सो, पेट, कलेजो, कोलोरेक्टल र अन्न नलीको क्यान्सर प्रमुख पाँच कारण रहेका छन्।

    – विश्वभरमा नै क्यान्सरका कारण हुने महिला मृत्युमध्येमा स्तन, फोक्सो, पेट, कोलोरेक्टल र पाठेघरको क्यान्सर प्रमुख पाँच कारण रहेका छन्।

    – सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गरेमा क्यान्सरबाट हुने २२ प्रतिशत मृत्यु रोक्न सकिन्छ। विश्वमा क्यान्सर रोकथाम गर्न सकिने यो एक मात्र ठुलो उपाय हो।

    – समयमा नै पत्ता लगाई उचित उपचार गर्ने हो भने स्तन, पाठेघर, मुख र कोलोरेक्टल क्यान्सर निको पार्न सकिन्छ।

    – सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने, सन्तुलित भोजन गर्ने, व्यायाम गर्ने र सन्तुलित मात्रामा मद्यपान सेवन गर्दा ३० प्रतिशत भन्दा बढी क्यान्सर निदान गर्न सकिन्छ। साथै विकासोन्मुख राष्ट्रमा ह्युमन प्यापिलोमा भाइरस र हेपाटाइटिस बिबिरुद्धको खोप दिइयो भने क्यान्सरका कारण हुने २० प्रतिशत मृत्यु कम गर्न सकिन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *