झुकेर पनि यी कुरा मागेर प्रयोग नगर्नु, हुन सक्छ यस्तो घटना!

    कतिपय अवस्थामा हामी जान अन्जानमा अरूको सामग्री चलाउँछौ वा सापटी माग्दछौ । तर, आज हामी ती सामाग्रीबारे चर्चा गर्दै छौँ, जो अरूको मागेर कहिल्यै चलाउनु हुँदैन ।

    यदि तपाई पनि कसैको सामग्री मागेर चलाउने बानी छ भने तुरुन्त यो बानी बदल्नुहोस् । धर्मशास्त्र तथा विभिन्न पुराण अनुसार केही यस्ता सामग्री छन् जो अरूको प्रयोग गरे नकारात्मक असर पर्दछ । आज हामी अरूसँग आदान प्रदान गर्न नहुने सामग्रीबारे चर्चा गर्दै छौँ-

    १. घडी

    कहिल्यै एक अर्काले साटेर घडी लगाउनु हुँदैन । अर्काको घडी नाडीमा लगाउँदा व्यवसायीक जीवनमा समस्या आउने गर्दछ ।

    २. औँठी

    प्राय सबैले औँठी लगाउने गर्दछन् । एक अर्कासँग औँठी साटासाट गरेर लगाउँदा जीवन आर्थिक सङ्कट बेहोर्नु पर्ने हुन्छ ।

    ३. कपडा

    अरू कसैको कपडा लगाउँदा भाग्यमा हानी पुग्ने गर्दछ । साथै दुर्भाग्यले घेर्दछ । तसर्थ कपडा मागेर लगाउने बानी बदल्नुहोस् ।

    ४. पैसा

    धनको लेनदेनले समेत दुई ब्यक्तिबीचको आपसी प्रेम बिग्रन्छ  धनलाई मुख्य समस्या मानिन्छ । तसर्थ पैसाको लेनदेन गरेर सम्बन्ध नबिर्गानुहोस् ।

    ५. काइँयो

    भुलेर पनि कहिल्यै अरूको काइँयो मागेर प्रयोग गर्नु हुँदैन । यो स्वास्थ्य र जीवनका लागी हानिकारक छ । यसले भाग्य विपरीत समस्या भोग्नु पर्ने हुनसक्छ ।

    ६. कलम

    जीवनमा कलमको अत्यन्त ठूलो महत्त्व हुन्छ । वेदमा आफ्नो कलम अरूका साथमा बाँड्न हुँदैन भनिएको छ । कलम उधारो लिँदा आर्थिक समस्या हुने गर्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *