सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी

    सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी

    काठमाडौँ, २ कात्तिक । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ ।

    कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् ।

    त्यसैगरी देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३)बमोजिम पक्राउ पुर्जी जारी भएको हो ।

    यसअघि सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेका साथै छविलाल जोशी, जिबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *