भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

भक्तपुर, ७ कात्तिक । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरी स्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।

भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायरमा प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउनमा लागि परेका छन् ।

विनोदकुमार प्रजापति आफूले यसवर्ष १५ सयदेखि दुई हजार माटोको दियो बनाउने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफूले निरन्तरता दिएर लागेको १० वर्षजति भयो । यो हाम्रो पुर्ख्यौली पेसा हो । हाम्रोमा सिजनअनुसार काम चल्छ । तर, यो तिहारको समयमा दियोको अलिक धेरै नै माग आउँछ । तिहारमा राम्रोसँग काम गर्न सकियो भने एक हजार पाँच सयदेखि दुई हजार दियोहरु बनाएर बेच्ने योजना छ ।’

केहीवर्ष अगाडिसम्म भक्तपुरमै माटो पाइने भए पनि असहले साँखुबाट महँगोमा माटो ल्याउनुपर्दा प्रजापति समुदायलाई समस्या परेको भन्दै उहाँले स्थानीय सरकारले माटो ल्याउन सहजीकरण गरिदिनुपर्ने बताउनुभयो ।

पुर्खादेखि गर्दै आएको काम छाड्न नसकिएको बताउँदै प्रजापतिले माटोको भाँडाबाट घरखर्च चल्ने गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *