नेपाल जापानसँग फराकिलो अन्तरले पराजित

नेपाल जापानसँग फराकिलो अन्तरले पराजित

काठमाडौँ, ८ कात्तिक । नेपालले एएफसी यू–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराजय बेहोरेको छ ।

बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जित दर्ता गरेको हो ।

नेपालले खेलको १२औँ मिनेटमा सविनकुमार मगरको गोलमार्फत् सुरुवाती अग्रता लियो । सुबास बमको क्रसलाई सदुपयोग गर्दै सविनले जापानलाई चकित पार्दै गोल गरे । तर, जापानले छिट्टै पुनरागमन गर्दै १७औँ मिनेटमा दाइची तानीको गोलबाट खेल बराबरीमा ल्यायो । तानीले ३८औँ र ४३औँ मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जापानका लागि हिरोता असादाले पनि १९औँ मिनेटमा गोल गर्दै अग्रता बढाए र पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल थप्दै जापानलाई ५–१ को अग्रता दिलाए । दोस्रो हाफमा जापानले आफ्नो दबाब झनै बढायो, जहाँ तानीले ६१औँ मिनेटमा चौथो गोल गरे र असादाले ६४औँ मिनेटमा ह्याट्रिक पूरा गरे ।

७३औँ मिनेटमा मिबुकी कासाइले अर्को गोल थपे भने कैजी चोनानले ७७औँ मिनेटमा गोल गर्दै जापानको गोलसंख्या ९ पुर्‍याए । नेपालका तर्फबाट विज्ञान खड्काले ८८औँ मिनेटमा अर्को गोल गरे तर त्यो मात्र सान्त्वना गोलमा सीमित रह्यो ।

यो जितसँगै जापानले समूह ‘एफ’मा आफ्नो तीन अंक सुनिश्चित गरेको छ । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार कतारसँग प्रतिस्पर्धा गर्नेछ भने जापानले मंगोलियासँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *