रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ, १० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनको स्वरुप लगायतका विषहरुमा छलफल हुने बताइएको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *