आफ्नो दिमाग तेजिलो बनाउन नछुटाउनुस् यी ६ खानेकुराहरू

    के तपाईंलाई विर्सने समस्याले सताएको छ । बढी भूल्ने र विर्सने समस्या छ । यदि छ भने तपाईको खान्कीमा पौस्टिक तत्वको अभाव रहेको छ भन्ने बुझ्न सकिन्छ । मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

    गोलभेँडा: गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्स,को सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

    ओखर: जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ । स्ट्रबरी: यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

    दही: दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

    जाइफल: जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ । तुलसी-मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २/३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *