पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौँ, २ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । आइतबार दिउँसो दुई बजे फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

उनी कलेजो रोगबाट पीडित थिए । उनले २०४८ को आमनिर्वाचन काठमाडौँ क्षेत्र नम्बर २ बाट जितेका थिए । त्यसपछि उनी सभामुख भएका थिए ।

पछिल्लो समय उनको अगुवाइमा संविधान संशोधनका विषयमा नियमित बहसहरु भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *