कस्ता व्यक्तिलाई दाद आउने गर्छ ? रोकथामका उपायहरू…

    दाद भन्ने वितिकै हामी सबैलाई थाहा भएकै कुरा हो । धरै जसो मानिसहरु दादको समस्या एक न एक दिन भोगेकै हुन्छ ।दाद भनेको फुस्रो, अत्ति चिलाउने अनि अप्ठ्यारो ठाउँमा देखा पर्ने छालाको सङ्क्रमण हो,

    जुन ‘फङ्गस’ (Fungus) को कारण आउँदछ। जसलाई फङ्गस या ‘ढुसी’ पनि भनिन्छ, यस्तो जीवाणु हो जसले जीवित तथा अजीव वस्तुको शरीरलाई सङ्क्रमण गरेर नष्ट गराइदिन्छ।दादले अधिकांश व्यक्तिहरूलाई सताइरहेको हुन्छ र कति औषधी उपचार गर्दा पनि यसबाट मुक्ति पाउन सकिराखेका हुँदैनन्।

    World of Tanks: Free Online War Game
    दाद एक सरुवा रोग हो र यो सङ्क्रमित व्यक्ति अथवा जनावरसँगको लसपसबाट सर्दछ। केवल छालाको स्पर्शबाट मात्र नभएर यो रोग साझा कपडाको प्रयोग र जुठो खानाबाट पनि सर्दछ।

    साधारणतया, दाद चिलाउने खालको हुन्छ र छालामा गोलो, रातो अनि फुस्रो दाग देखा पर्दछ। विशेष गरी, गुप्ताङ्ग (योनी, काखी, पुठो), घुच्चुक, औँलाको काँपा जस्ता ओसिलो तर न्यानो ठाउँमा दाद आउने गर्दछ।

    कस्तो व्यक्तिलाई दाद आउने गर्दछ ?

    -दादबाट सङ्क्रमित व्यक्तिसँग लसपस गर्छ, उसको जुठो खान्छ, उसले प्रयोग गर्ने लत्ताकपडाको प्रयोग गर्छ ।

    -जो न्यानो र ओसिलो वातावरणमा बसोबास गर्छ ।

    -जसको प्रतिरक्षा प्रणाली कमजोर छ र जसलाई मधुमेह अथवा क्यान्सर छ ।

    -जसले कसिलो लुगा लगाउँछ, अथवा जो धेरैबेर सम्म चिसो लुगाएर बस्छ । जस्तै, व्यायाम गर्दा पसिनाले भिजेको लुगा

    दिनमा २ पटकसम्म यसो गर्नुहोस्।

    -धेरैबेरसम्म लगाइराख्दा पनि दाद आउन सक्ने सम्भावना बढि हुन्छ।

    दादको कारण

    दाद (Ringworm) कुनै ब्याक्टेरियाको कारणबाट आउँदैन, यो त ढुसी (Fungus) को सङ्क्रमणबाट आउने रोग हो।छालाको दाद (Tinea corporis) सामान्यतया Trichophyton rubrum नामक फङ्गसको सङ्क्रमणको कारण आउने गर्दछ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। अर्को हुन्छ, Microsporum canis फङ्गस, जुन कुकुर र बिरालोबाट सर्ने गर्दछ।

    दादको लागि घरेलु रोकथामका उपायहरू

    सरुवा रोग र खतरनाक सङ्क्रमण भएकै कारणले दादलाई निको पार्न मुश्किल पर्दछ र समय लाग्न सक्दछ। यसलाई निको पार्ने मेडिकल क्रिम तथा अन्य औषधीहरू पनि पाइन्छन्, जुन डाक्टरको परामर्श बिनानै अपनाउन सकिन्छ।

    तर कुनै पनि रसायनिक औषधी अपनाउनुभन्दा पहिले घरेलु उपाय नै अपनाउनु उचित हुन्छ। किनभने त्यस्ता रसायनिक औषधीले शरीरको प्रतिरक्षा प्रणालीलाई दादविरुद्ध कमजोर बनाइदिन्छ र पछि झन्झन् शक्तिशाली औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।

    फेरि त्यस्ता औषधीहरूको अधिकांश साइडइफेक्ट हुने गर्दछ, जसले उल्टो पीडामात्र थप्ने काम गर्दछ।त्यसैले सुरुमा घरेलु उपाय नै अपनाउनु जाति हुन्छ।

    दादको लागि घरेलु रोकथामका केहि उपायहरू

    – रातो खुर्सानीको तेल, मेवाको दूध या मुलाको बिउलाई कागतीको रसमा पिसेर तातो बनाउने र दादमा बिहान बेलुका लगाउने ।

    – भिनेगर र नुनको बाक्लो लेदो बनाउनुहोस् र त्यसलाई दाद आएको ठाउँमा लगाउनुहोस् । ५ मिनेटपछि मनतातो पानीले सफा गर्नुहोस् । दिनमा २ पटकसम्म यस्तो गर्नाले कम्तीमा १ हप्ता र बढिमा २ हप्तापछि दादको दाग बिस्तारै घट्दै जान थाल्दछ।

    – सुकेको बेसार होइन, धूलो बेसार होइन, केवल काँचो र ताजा बेसारको बाक्लो जुस बनाउनुहोस् र दादमा लेप्नुहोस् । यसको एण्टिबायोटिक गुण ढुसीको सङ्क्रमणको लागि उत्तम हुन्छ । २ घण्टासम्म काँचो बेसारको लेप लगाइसकेपछि मनतातो पानीले सफा गर्नुहोस्।

    – छाला, नङ औँलाको बीच तथा चेप, हातखुट्टा टाउकाको नियमित सफाई गर्ने र सधैँ सफा गर्ने ।

    – दाद आएको भागमा निमको पातले सधैँ सफा गर्ने ।

    – आफ्नो सरसफाइमा ध्यान दिने, सफा कपडा लगाउने । दाद आएको भागमा परेको कपडा सफा गरेर मात्र प्रयोग गर्ने ।

    – हात खुट्टाको नङ्गलाई सफा राख्ने । दाद आएको भागमा नङ्गले चिलाउने प्रयास नगर्ने ।

    – रोगीले प्रयोग गरेका सामान जस्तै टुथब्रस काईँयो लुगा रुमाल तौलिया अरुले प्रयोग नगर्ने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *