नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्छ : मन्त्री खड्का

काठमाडौँ, ६ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले प्रविधिको विकाससँगै नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्ने बताउनुभएको छ ।

बिहीबार विधायन व्यवस्थापन समितिमा भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफलमा उहाँले पाँच/सात वर्ष भनेर अनुभवका हिसाबले नयाँ शक्तिलाई बञ्चित गर्न नहुने भन्दै शिक्षा हासिल गरेका अनुभव भएकाभन्दा अहिलेको प्रविधिअनुसार शिक्षा हासिल गरेका युवाहरु अझ बढी दक्ष हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ नयाँ प्रविधिहरु आइरहेका छन् । वातावरणीय हिसाबले नयाँ नयाँ प्रभावहरु आइरहेका छन् । उच्च स्तरको पढाइको हिसाबले त धेरै युवाहरु हुनुहुन्छ तर उहाँहरुलाई पाँच वा सात वर्ष भनेर अनुभवका हिसाबले बञ्चित गर्‍यौँ भने शिक्षा हासिल गरेका अनुभव भएकाहरु भन्दा अहिलेको प्रविधिअनुसार शिक्षा हासिल गरेका युवाहरु अझ बढी दक्ष भएको देखिन्छ । यसबारे सोच्नुपर्ने जस्तो लाग्छ ।’

यसको साथै उनले प्रविधिको विकास हेर्दा अनुभवको कुरा गर्ने हो भने पुरानै तरिकाले अगाडि बढ्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग भएको जनशक्ति हेर्दा र १०–२० वर्ष काम गर्नु भएकाहरु हेर्दा, मूल्यांकन गर्दा पनि अहिलेको समयको विकास र प्रविधिको विकास हेर्दा यो परिवर्तनलाई आत्मसाथ गर्ने हो कि योग्यता हेरेर राख्ने तर अनुभवको कुरा गर्दा पुरानै तरिकाले अगाडि बढ्छौँ कि भन्ने लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *