नेपाल प्रिमियर लिगको युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कलाई

नेपाल प्रिमियर लिगको युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कलाई

कठमाडौँ, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ ।

डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपिएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो ।

दर्शकहरूले एनपिएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानलमार्फत् प्रत्यक्ष रूपमा हेर्न सक्नेछन् । यसका साथै, प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ ।

प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *