सोचेजस्तो खेल्न सकेनौँ, अब सुधार्छौँ : सन्दीप लामिछाने

काठमाडौँ, १८ मंसिर ।  नेपाल प्रिमियर लिग (एनपिएल)मा मंगलबार भएको पहिलो खेलमा विराटनगर किङ्सले हार व्यहोर्नु परेको थियो । यो विराटनगरको लगातार दोस्रो हार थियो ।

खेल पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोसिस गर्ने बताउनुभयो ।

उहाँले जे जस्तो भए पनि हार नमानेको र अर्को खेलमा राम्रो प्रदर्शन गर्ने आशा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोसिस गर्छौँ । मैले आफैँले सोचेको कुरा पनि पूरा गर्न सकेको छैन । अब आउने खेलमा राम्रो गर्ने सोच छ । प्रेसर त छ तर ठिकै छ, टिमले राम्रो नै खेलेको हो अझै राम्रो गर्नु हुन्छ भन्ने आशा छ ।’

आजको टस जितेर पनि विराटनगरले खेलमा राम्रो प्रदर्शन गर्न सकेन । यता अर्को टिम सुदूरपश्चिम रोयल्सले पहिलो खेलबाट नै जितको सुरुवात गरेको छ । टस हारेरपनि सुदूरपश्चिमले राम्रो रन लिन सफल भएको छ ।

यस्तै, सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले सबैको साथ भएमा आगामी खेलहरु पनि राम्रो गर्ने भन्दै खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले १५० रनभन्दा माथि गयौं भने जित्न सक्छौ भन्ने सोच बनाएर आएका थियौँ । हामीले अन्त्यमा गएर राम्रो तरिकाले खेल्न सक्यौँ र जित्यौँ । हामीलाई यसैगरी साथ दिने हो भने अगामी दिनहरुमा अझै राम्रो खेल्ने आशा राखेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *