चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ, १० पुस । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्न सकिने बताउनुभएको छ ।

बुधबार ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सन्देशमा भनिएको छ, ‘इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ‘क्रिसमस डे’ जस्ता चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

उहाँले इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।

‘इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’ सन्देशमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *