लोकतान्त्रिक अधिकारहरुको दुरुपयोग भइरहेको छ : प्रदीप ज्ञवाली

काठमाडौँ, २८ पुस । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हकसम्बन्धी कानुनको अभ्यास विषयको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले लोकतन्त्रको सही र मर्यादित प्रयोग भएमात्र लोकतन्त्र सुदृढ हुन सक्ने भन्दै लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘लोकतन्त्रको सही र मर्यादित प्रयोग भयो भने मात्र लोकतन्त्र सुदृढ हुन्छ । कहिलेकाहीँ लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको देखिन्छ । मिस इन्फरमेसन, डिसइफरमेसनहरु, डिप फेकहरु, फेक न्यूजहरुले सिङ्गो दल, दलका नेताहरु यो हतियार प्रयोग भएको छ । त्यस कारणले यो लोकतन्त्रलाई मर्यादित कसरी बनाउने, लोकतन्त्रले दिएको अधिकारलाई सही सदुपयोग हुने व्यवस्था कसरी बनाउने भन्ने कुरालाई हेर्नुपर्छ ।’

त्यस्तै, उहाँले दलहरुको बृहत् उत्तरदायित्व आम जनतासँग सम्बन्धित रहने भएकाले उनीहरुले गलत गरे जनताले दण्डीत गर्ने व्यवस्था रहेको बताउनुभयो । दलहरुको आम्दानिको स्रोतको बारेमा प्रश्न उठ्दै गर्दा दलहरुको आर्थिक जीवनलाई पारदर्शी गर्ने हो भने स्ट्रेट फन्डिङको विषयलाई जोडेर हेर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘संविधान मातहत रहेर, कानुन मातहत रहेर नै उनीहरुले काम गर्ने हुन् तर उनीहरुको बृहत् उत्तरदायित्व आम जनतासँग सम्बन्धित हुन्छ । उनीहरुले गलत गरे भने जनताले दण्डित गर्ने निर्वाचनबाट गर्ने व्यवस्था पनि छ । यदि दलहरुले गल्ती गरे प्रचलित कानुनबाट पनि दण्डित हुन्छ । सँगसँगै आम जनताले सार्वभौम ऐन अनुसार ५÷५ वर्षमा आफ्नो अधिकार प्रयोग गर्दा त्यहाँनेर पनि गर्छन् । दलहरुको आम्दानीको स्रोतको बारेमा प्रश्न उठ्दै गर्दा दलहरुको आर्थिक जीवनलाई पारदर्शी गर्ने हो भने स्टेट फन्डिङको विषयलाई जोडेर हेर्नुपर्छ । संविधानका सबै दफाहरु एकआपसमा स्वतन्त्र पनि हुन्छन् एकआपसमा अन्तरसम्बन्ध पनि छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *