काठमाडौँ, ८ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेको छ ।
क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरी क्यानले सन्दीपलाई कारबाही गरेको हो ।
सन्दीपले मधेस प्रदेशमा भएको जय ट्रफीका दौरान अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए । सोही घटनामा क्यानले सन्दीपमाथि घरेलु क्रिकेट प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
अम्पायरको निर्णयले खेलाडीलाई असर गरेको समेत उनले लेखेका थिए । जय ट्रफीमा सन्दीपले बागमती प्रदेशको कप्तानी गरेका थिए ।