यू–१९ महिला विश्वकप : नेपाल आज अष्ट्रेलियासँग भिड्दै

काठमाडौँ, ९ माघ । आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ । माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल अष्ट्रेलियासँग खेल्न लागेको हो ।

पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा नेपाल रहेको छ ।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुने छ ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अष्ट्रेलिया र स्कटल्याण्ड छन् । अष्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ । बंगलादेश र स्कटल्याण्ड समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने अंकबिहीन नेपाल अन्तिममा छ ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *