कुचो राख्दा-लगाउँदा भुलेर पनि नगर्नुहोस् यस्ता गलती, क्रोधित हुन्छिन् माता लक्ष्मी !

    वास्तुशास्त्र अनुसार कुचोलाई लक्ष्मीको प्रतीक मानिन्छ। भनिन्छ कुचोलाई अपमान गर्नु भनेको लक्ष्मीको अपमान गर्नु हो। कुचोको प्रयोग अनावश्यक रूपमा गर्नु हुँदैन, नत्र घरमा गरिबीले बास गर्न थाल्छ। कुचोसँग सम्बन्धित केही यस्ता गल्तीहरू छन्, जसलाई गरेमा माता लक्ष्मी क्रोधित भई घरबाट सदाको लागि बाहिरिनुहुन्छ । कुचो राख्नदेखि लिएर लगाउनसम्म केही नियमहरू छन् जुन पालना गर्नुपर्छ।

    कुचो लगाउँदा नगर्नुहोस् यी गल्ती

    -वास्तुशास्त्रका अनुसार कुचो लगाई सकेपछि यसलाई कहिल्यै अगाडि राख्नु हुँदैन, कसैले नदेखेको ठाउँमा राख्नुस्, किनभने यसले अफिस वा घरको सकारात्मक ऊर्जालाई हटाउँछ, जसले तपाईको काममा बाधा पुग्न सक्छ।

    कुचो लगाएपछि झाडुलाई कहिल्यै ठाडो पार्नु हुँदैन। अशुभ मानिन्छ। झाडुलाई सधैँ भुईँमा लडाएर राख्नुपर्छ । घरको पश्चिम दिशामा कुचो राख्नु उपयुक्त हुन्छ। घरमा कुनै सदस्य बाहिर गएको भए तुरुन्तै कुचो लगाउनु हुँदैन। किनकि यसले घर छाडेर गएको व्यक्तिलाई कहिल्यै सफलता मिल्दैन।

    कुचो भाँचिएको छ भने तुरुन्तै हटाउनुपर्छ, यसले घरमा वास्तु दोष निम्त्याउँछ। भाँचिएको कुचो घरमा राख्दा गरिबीको वर्षा हुन्छ, दुःखको पहाड आइलाग्छ। यस दिनको विशेष ख्याल राख्नुहोस् नयाँ कुचो ल्याउनुहोस्, होइन, घरमा कुचो किनेर ल्याउनु छ भने शनिबार मात्र ल्याउनुहोस् र शनिबार मात्र कुचो बनाउनु होस्। झाडुलाई कहिल्यै फोहोर पानीले धुनु हुँदैन । कसैले कुचोले कहिल्यै हिर्काउनु हुँदैन। यसो गर्दा माता लक्ष्मीको अपमान हुन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *