कपाल झर्ने र फुल्ने समस्या किन हुन्छ, कसरी जोगाउने?

    सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ। तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन। आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको साझा समस्या बनेको छ।

    उमेर पुगेपछि कपाल फुल्नु स्वभाविक भए पनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ।

    सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। कम उमेरमै कपाल फुल्‍यो भने कस्तो बुढो जस्तै देखिएको भनेर जिस्काउने पनि छन्। यसले कपाल फुल्दा निराशापन समेत बढ्ने गरेको छ। कपाल फुल्दा कतिपयले थरीथरीका मेहन्दी कपालमा लगाउने गर्छन्।

    कपाल फुल्नुको मुख्य कारण वंशाणुगत हो। आइरन, क्याल्सियम,भिटामिन डी, भिटामीन बी-१२ ले गर्दा समेत कपाल फुल्छ।

    कपालमा कालोपना आउने तत्वको कमीले कपाल फुल्ने समस्या हुन्छ। यसको औषधि त छ। तर पुरै निर्मुल हुनेगरी उपचार गर्न कठिन हुन्छ।

    कपाल झर्ने समस्या विभिन्न कारणले हुन्छ। यसको आन्तरिक र बाह्य कारण दुवै हुन्छ। खानामा पौष्टिक तत्वको कमी, आइरनको कमी लगायतले यो समस्या हुन्छ। त्यस्तै डेंगी, कोभिड र टाइफाइडलगायतका रोग लागेको तीन महिनापछि कपाल झर्ने समस्या हुन्छ।

    Esewanic
    त्यस्तै थाइराइडको कारणले समेत कपाल झर्छ। भिटामीन डी, भिटामीन बी-१२ ले गर्दा पनि कपाल झर्छ। बच्चा जन्मिएपछि पनि कतिपयमा कपाल झर्ने समस्या हुन्छ।

    ज्वरोका कारणले कपाल झरेको छ भने त्यो विस्तारै ठीक हुन्छ। यो बाहेकका समस्याले कपाल झरेको छ भने त्यसको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ।

    हिजोआज कपाल प्रत्यारोपण गर्न पनि सहज हुँदै गएको छ। अगाडिको भागको मात्रै कपाल गएको छ भने पनि प्रत्यारोपण गर्न सकिन्छ। अहिले त आँखीभौं समेत प्रत्यारोपण गर्न सकिन्छ।

    कपाल झर्ने समस्या किन हुन्छ, यसको उपचार कसरी गर्ने, कपाल फुल्ने समस्या र यसको उपचार लगायतका विषयमा हामीले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अमृता श्रेष्ठसँग भिडिओ कुराकानी गरेका छौं।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *