राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ?

    एक हप्तामा सात दिन हुने गर्छन् भने ज्योतिष शास्त्र अनुसार हरेक दिन राशिहरुलाई फरक–फरक फल मिल्ने गर्छ। केहि राशीको लागि एक बारमा धेरै लाभ मिल्ने गर्छ भने केही बारमा खासै लाभ नमिल्ने गर्छ। आज हामी तपाईलाई कुन राशिलाई कुन बार धेरै शुभ हुने गर्छ भन्ने बताउनेछौँ।

    मेष राशि– सोमवार, शुक्रवार र शनिवार धेरै शुभ हुने गर्छ।वृष राशि–बुधवार र बिहिबार धेरै शुभ हुने गर्छ।मिथुन राशि– सोमवार, बुधवार, शनिवार र आइतबार धेरै शुभ हुने गर्छ।कर्कट राशि– मंगलवार, शनिवार र आइतबार धेरै शुभ हुने गर्छ।

    सिंह राशि– सोमवार, बुधवार, बिहिबार र आइतबार धेरै शुभ हुने गर्छ।कन्या राशि– बिहिबार, शुक्रवार र शनिवार धेरै शुभ हुने गर्छ।तुला राशि– शनिवार र आइतबार धेरै शुभ हुने गर्छ।वृश्चिक राशि– सोमवार, शुक्रवार र आइतबार धेरै शुभ हुने गर्छ।

    धनु राशि– सोमवार र मंगलवार धेरै शुभ हुने गर्छ।मकर राशि–सोमवार र आइतबार धेरै शुभ हुने गर्छ।कुम्भ राशि– मंगलवार र शनिवार धेरै शुभ हुने गर्छ।मीन राशि– मिन राशिलाई सोमवार धेरै शुभ हुने गर्छ।

    यो पनि पढ्नुहोस् ःगणेश भगवानको पुजा गर्दा यी ११ मन्त्र जप्नुहोस् मिल्नेछ शुभ लाभ !!ःहिन्दूधर्मअनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ ।साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ

    ।यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ ।हिन्दू धर्म अनुसार भगवान् गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ।

    विशेष गरेर गणेश भगवानको पूजा मंगलबार हुने गरे पनि हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ । मंगलबार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन।

    मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागी पनि यस दिन वर्त बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो ।

    भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरुःयी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ । १ श्री गणेशाय नमः २ – ॐ श्री गणेशाय नमः ३ – गं गणपतये नमः ४ – ॐ गं गणपतये नमः ५ – ॐ गं ॐ गणाधिपतये नमः ६ – ॐ सिद्धि विनायकाय नमः ७ – ॐ गजाननाय नमः ८ – ॐ एकदंताय नमो नमः ९ – ॐ लंबोदराय नमः १० – ॐ वक्रतुंडाय नमो नमः ११ – ॐ गणाध्यक्षाय नमः

    यो पनि पढ्नुहोस् ःजीवनमा सुख, शान्ति तथा सफलता प्राप्त गर्न चाहनु हुन्छ भने आचार्य चाणक्यको नीतिलाई आत्मसाथ गर्नुहोस् । आचार्य चाणक्यले आफ्नो नीतिको प्रभावको माध्यमबाट नै चन्द्रगुप्त जस्तो सामान्य बालकलाई अखण्ड भारतको सम्राट बनाएका थिए । आचार्य चाणक्यले नीतिशास्त्रको रचना गरेका थिए । यही शास्त्रकाअनुसार हरेक बाबुले ध्यान राख्नु पर्ने केही नीतिबारे जानी राखौँ ।

    चाणक्य नीतिको दोस्रो अध्यायको दशौँ नीतिमा त्यस्तो बाबु बुद्धिमान हो जो आफ्नो छोराछोरीलाई सबै किसिमको शुभ गुण तथा संस्कारबारे शिक्षा दिन्छ भनिएको छ । नैतिकवान तथा शालिन व्यक्तित्व भएको मानिसलाई नै कूलमा पूजा गरिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *