मोटोपन घटाउन भात कि रोटी , कुन सहि ?

    विश्वव्यापी रुपमा मोटोपन अहिले जनस्वास्थ्य समस्या बनेको छ । मेटोपन आफैँमा रोग होइन तर अन्य धेरै घातक रोगहरुको कारण भएकोले यसप्रति सबैको चासो बढिरहेको छ ।

    मोटोपनको कारण धेरै स्वास्थ्य समस्याहरु उत्पन्न भइरहेका छन्, जसको कारण धेरैले अकालमै प्राण गुमाउनुपरिरहेको छ । बच्चाहरुमा समेत मोटोपनको समस्या बढ्दो छ ।

    मोटोपन सुन्दरता र सकारात्मक व्यक्तित्वको पनि बाधक हुन्छ । मोटोपनकै कारण धेरैलाई हीनताबोध पनि भएको हुन्छ, जसले मानसिक समस्या पनि ल्याउने गर्दछ ।

    मोटोपन गराउन वा घटाउन खानाको निकै ठूलो भूमिका रहेको हुन्छ । व्यक्तिले दैनिक रुपमा खाने मूल खाना झनै कारक हुन्छ । व्यक्तिहरुमा बढ्दो मधुमेह, उच्च रक्तचाप, हृदयघात आदिको कारणहरुमा मोटोपन पनि हो ।

    नेपालमा पहाडतिर अधिकांशले भात र तराईतिर अधिकांशले रोटी खाने गरेको पाइन्छ । दैनिक बिहान–बेलुका खाइने भात र रोटी नेपालीहरुको मूल खाना हो । भात वा रोटी नेपालीहरुले बच्चैदेखि

    खाँदै आएकोले जबसम्म यी दुईमध्ये कुनै एक खाँदैनन् तबसम्म सन्तुष्टि प्राप्त हुँदैन । अरु जे–जे खाए पनि तृप्तिका लागि भात वा रोटी खाने नै गर्दछन् । यसर्थ भात वा रोटीविना नेपालीहरुको सहज जीवन सम्भव हुँदैन ।

    तर अहिले तराईतिर रोटी खानेहरुले पनि भात खान थालेका छन् । समग्रमा अधिकांश नेपालीले खानामा भात खाने गरेको पाइन्छ । पेटभरि भात नखाई आम नेपालीहरुलाई राम्रोसँग निद्रा लाग्दैन ।

    घरबाहिर कतै घुमफिर गर्न जाँदा पनि खानामा भातै खाएर रमाउँछन् । भातविना एक–दुई दिन पनि बस्न मुस्किल हुने गर्दछ ।सामान्यतः मोटोपन भएको बेला भातभन्दा रोटी खान आमरुपमा सुझाव दिने–लिने गरेको पाइन्छ ।

    के यो सही हो ?

    फलतः भात छोडेर मोटोपन भएका धेरै मान्छे रोटी खान शुरु गर्दछन् । वस्तुतः बुझ्नुपर्ने कुरा के हो भने, मोटोपन हटाउन कार्बोहाइड्रेटको मात्रा घटाउने हो । तर भात र रोटी दुवैमा उस्तै मात्रामा कार्बोहाइड्रेट रहेको हुन्छ ।

    अतः कार्बोहाइड्रेटको मात्रालाई मात्र हेरी भातभन्दा रोटी उत्तम भन्नु सही होइन ।भातमा स्टार्च (सिम्पल कार्बोहाइड्रेट) हुन्छ, जुन छिट्टै पच्छ र फेरि छिट्टै भोक लाग्छ ।

    रोटीमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ, जसले गर्दा पच्न समय लाग्छ । भोक ढिलो लाग्ने हुन्छ । पोषक तत्वको मात्रालाई तुलना गरी भन्नुपर्दा भातभन्दा रोटी उत्तम मान्नुपर्छ । तर ध्यान दिनुपर्ने कुरा भनेको यी दुवैमा हुने सोडियमको मात्रा हो । प्रत्येक १२० ग्राम गहुँमा ८० मि.ग्रा. सोडियम हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *