कपाल किन झर्छ ?

    विश्वको हरेक संस्कृति र समाजमा कपाल सुन्दरताको प्रतिक मानिन्छ । कालो, लामो र बाक्लो कपाल साँचै अति सुन्दर देखिन्छ। साथै सुन्दर कपाल मानिस स्वस्थ हुनुको पर्यायवाची पनि मान्न सकिन्छ। हुनत कपाल झर्दैमा वा पातलो हुँदैमा मानिस अस्वस्थ हुन्छ भन्न खोजिएको होइन । तर, सुन्दर र आकर्षक कपाल हुने मानिसलाई सामान्यतया स्वस्थ मान्न सकिन्छ ।

    कपाल झर्ने समस्यालाई अंग्रेजीमा ‘एलोपेसिया’ भनिन्छ । ‘एलोपेसिया’ ग्रीक शब्द ‘एलोपेक्स’बाट आएको मानिन्छ । जसको अर्थ फ्याउरो हो जसको वर्षमा दुई पटक बाहिरी पत्र झर्ने गर्छ । वास्तवमा एलोपेसिया एउटा कुनै रोग नभई विभिन्न रोगहरुको लक्षण हो । यसलाई ज्वरो जस्तै मान्न सकिन्छ । ज्वरो आफैंमा कुनै रोग नभई विभिन्न शरीरका आन्तरिक तथा बाह्य कारणले हुन सक्छ । त्यस्तै, एलोपेसिया पनि आफैंमा कुनै रोग नभई विभिन्न अरु समस्याहरुको कारणले हुने गर्छ जसको हामी तल चर्चा गर्ने छौ ।
    कपाल किन झर्छ भनेर चर्चा गर्नु अघि कपाल झर्ने बारेमा मानिस हरुमा कस्ता भ्रमहरु छन् भन्ने बारेमा म चर्चा गर्न जादैछु ।

    – मैले तातो पानीले नुहाउन थालेदेखि मेरो कपाल झर्न थाल्यो ।

    डा. कमल राज धिताल
    – म विदेश गए देखि मेरो कपाल झर्न थाल्यो किनकि त्यहाँ पानि नुनिलो थियोl

    – मैले कपालमा ‘हेअर डाइ’ लगाउन थालेदेखि मेरो कपाल झर्न थाल्यो।

    –मैले त हेल्मेट लगाउन थाले देखि मेरो कपाल झर्न थाल्यो।

    – मेरो कपाल स्ट्रेट गरेदेखि झर्न थाल्यो ।

    –मैले टोपी लगाउन थालेदेखि मेरो कपाल झर्न थाल्यो ।

    –मेरो त स्ट्रेसको कारणले झरेको हो ।

    – मेरो त कपालमा चाया आउने समस्याको कारणले झरेको हो ।

    –साथीले देको तेल प्रयोग गर्न थाले पछि मेरो कपाल झर्न थाल्यो ।

    – म कपालको केयर नै गर्दिन तेही भयर झर्न थाल्यो ।

    कपालको जीवनचक्र (हेयर साइकल)

    कपाल किन झर्छ भन्ने कुरा सुरु गर्नु अघि यसको जीवन चक्रको बारेमा केही उल्लेख गर्न चाहन्छु । कपाल बृद्धि भएर झर्ने क्रममा तीन ओटा चरण हुन्छन ।

    १ ) एनाजिन

    २ ) क्याटजिन

    ३ ) टेलोजिन

    एनाजिन – कपालको बृद्धि विकास हुने विभिन्न चरण मध्ये यो पहिलो चरण हो । यो चरण केही महिनादेखि केही वर्षसम्म चलिरहन्छ । यो चरणमा कपालको लगातार बृद्धि हुन्छ ।

    क्याटजिन – यो कपालको जीवन चक्रको दोश्रो चरण हो । यसमा कपाल लगातारको बृद्धिको चरणबाट आरामको चरणतिर पुग्छ । यसको अवधि सामान्यतया ३ हप्ता को हुन्छ ।

    टेलोजिन – यो तेस्रो तथा अन्तिम अवस्था हो । सामान्य अवस्थामा हामीले कपाल कोर्दा वा नुहाउदा झर्ने कपालहरु यही अवस्थामा हुन्छन । यसको अवधि ३ हप्ता देखि ३ महिना सम्म हुन्छन ।

    एउटा स्वस्थ मानिसमा कपाल झर्ने र पलाउने क्रम चलिरहन्छ । कपाल झरेपछि सो जरा एनाजिन चरणमा जान्छ र फेरि नयाँ कपाल पलाउँछन् ।

    मानिसको टाउकोमा भयको हजारौ कपालहरु यही जीवनचक्रको विभिन्न चरणमा हुन्छन् । तेसैले नयाँ कपाल बन्ने र पुरानो कपाल झर्ने प्रक्रिया क्रम दिनदिनै चलिरहन्छ । अनुमानित रुपमा टाउकोमा भएको कपालहरु मध्ये एउटा स्वस्थ मानिसमा ८५ देखि ९० प्रतिशत कपालहरु एनाजिन चरणमा हुन्छन् भने एक प्रतिशत कपालहरु क्याटाजिन चरणमा र १० देखि १२ प्रतिशत कपालहरु आराम गर्ने वा झर्ने चरण मा हुन्छन । हरेक दिन एउटा स्वस्थ मानिसको टाउकोबाट करिब ५० देखि १०० कपाल झर्ने गर्दछ, जुन एकदम सामान्य हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *