मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्न यसरी प्रयोग गर्न सकिन्छ धनिया, जडी ओखती

    सजिलै उमार्न सकिने र सहजै भान्सामा उपलब्ध हुन्छ, धनिया । अचारमा होस् वा तरकारीमा धनियाको मिश्रणले स्वाद दोब्बर बढाउँछ । भनिहालौ, धनियामा औषधिय गुण पनि हुन्छ । यसमा क्याल्सियम, आयरन, पोटाशियम, फास्फोरस, कैरोटिन, भिटामिन ‘सी’ लगायतका पौष्टिक तत्व पाइन्छ, जुन हाम्रो शरीरका लागि अत्यावश्यक हुन्छ । धनियालाई तरकारी र अचारमा मात्र होइन, जुसको रुपमा पनि सेवन गर्न सकिन्छ । र, यसमा औषधिय गुण बढी हुन्छ । धनियालाई जैविक विधीबाट घरमै पनि उमार्न सकिन्छ । स-सना गमलामा धनिया रोपेर नियमित सेवन गर्न सकिन्छ । यो निकै सस्तो, सहज, स्वादिलो प्राकृतिक औषधि हो ।

    के फाइदा गर्छ : धनियाको रसले उच्च रक्तचाप नियन्त्रण गर्छ । मुटुलाई स्वस्थ्य राख्छ । हड्डी बलियो बनाउँछ । अपचको समस्याबाट छुटकारा दिलाउँछ । १. पाचन क्रिया स्वस्थ्य : नियमित धनियाको जुस सेवन गर्नाले पाचन क्रियालाई स्वस्थ्य बनाउँछ । पेेट फुल्ने, खाना अपच हुने, पेट ढुस्स हुने, छाती पोल्ने जस्ता समस्यमा धनियाको जुसले प्रभावकारी काम गर्छ ।

    २. उच्च रक्तचाप नियन्त्रण : धनियामा कैल्सियम, आयरन जस्ता तत्व पाइन्छ । बिहान खाली पेटमा धनियाको जुस सेवन गर्दा त्यसले उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी काम गर्छ । ३. अनिन्द्रामा : सुत्नु अघि एक गिलास धनियाको जुसको सेवन लाभदायक हुन्छ । यसले शरीरलाई आराम दिनुका साथै विना कुनै औषधी राम्रो निद्रा लगाउन मद्दत गर्छ । ४. हड्डी बलियो बनाउँछ : धनियाको जुसको सबैभन्दा ठूलो फाइदा भनेको धनियामा भरपुर मात्रामा कैल्सियम पाइन्छ, जसले हाम्रो हड्डीलाई बलियो बनाउँछ । साथै भाँचिएको हड्डी जोड्न पनि मद्दत गर्छ ।

    ५. संक्रमणबाट बचाउँछ : धनियामा एन्टीसेप्टिक गुण हुन्छ, जसले शरीरलाई विभिन्न प्रकारका संक्रमणबाट बचाउँछ । नियमित रुपमा धनियाको जसको सेवनलेे पानी तथा खाद्यानको सेवनले शरीरमा हुनसक्न विभिन्न संक्रमणाट बचाउन सहयोगीकेा भूमिका निर्वाह गर्नसक्छ । ६. मुधमेह कम गर्छ : धनियालाई एन्टीबायोटिक जडिबुटीको रुपमा चिनिन्छ । प्राकृतिक रुपमा यसलाई मधुमेह कम गर्नको लागि प्रयोग गरिन्छ ।

    ७. छाला सम्बन्धि समस्यामा : धनियामा एन्टी फंगस, एन्टीसेप्टीक तथा एन्टी अक्सिडेन्ट पाइन्छ । यसको नियमित सेवनले छाला सम्बन्धि सबै प्रकारका समस्याबाट बच्न सकिन्छ । ८. मुटु स्वस्थ राख्छ : धनियाको सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । धनियामा एन्टी अक्सिेडेन्ट तत्व प्रचुर मात्रा पाइन्छ, जसले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ, र राम्रो कोलेस्ट्रालको मात्रालाई बढाउँछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *