सबैलाई थाहा भएकै कुरा हो दिनमा ८ देखि ९ गिलास पिउनुपर्छ । पानीले शरीरमा भएको विषालु पदार्थहरूलाई बाहिर फाल्ने काम गर्छ । नियमित भरपुर पानी पिउँदा विभिन्न प्रकारका रोगबाट पनि बच्न सकिन्छ । सबैलाई थाहा भएकै कुरा हो दिनमा ८ देखि ९ गिलास पिउनुपर्छ । पानीले शरीरमा भएको विषालु पदार्थहरूलाई बाहिर फाल्ने काम गर्छ । नियमित भरपुर पानी पिउँदा विभिन्न प्रकारका रोगबाट पनि बच्न सकिन्छ ।
पानी पिउने सही तरिका के हो ? कुन समयमा पानी पिउदा कस्तो फाइदा ? दाँत ब्रस गर्नुभन्दा पहिले खाली पेटमा २ गिलास पानी पिउनुपर्छ । त्यसपछि ब्रस गरिसकेपछि ४५ मिनेटपछि पानी पिउनुपर्छ । त्यसपछि सामान्य खाना खान सकिन्छ । पानी पिउँदा विस्तारै एक–एक घुट्की गर्दै पिउनुपर्छ । त्यसले भित्री अंगहरुलाई सक्रिय गराउँछ । गर्मीको मौसममा पनि बीच–बीचमा पानी पिउनुपर्छ ।
पानी पिउँदा बसेर पानी पिउनुपर्छ । पानी पिउँदा कहिल्यै पनि उभिएर पानी पिउनुहुँदैन । यसले घुँडा दुख्ने समस्या पैदा गर्छ । व्यायाम गरेपछि र गर्नुभन्दा ३० मिनेट पहिले एक गिलास पानी पिउनुपर्छ । पानीले मेटाबोलिज्म तीव्र हुन्छ र व्यायाम गर्न सजिलो हुन्छ । खाना खानेवित्तिकै पानी पिउनु हुँदैन । यसले पाचन प्रक्रियामा असर गर्छ । खाना खानुअघि आधा घण्टा पहिले मात्रै पानी पिउनुपर्छ । पानीले राम्रोसँग खाना खान मन लाग्दैन ।
भोक लाग्दा पानी पिउने हैन । तिर्खा लाग्दा मात्रै पानी पिउनुपर्छ । भोक लागेको समयमा खाना खानुपर्छ । पानी पिउदा भोक हराउँछ र खाना खान मन लाग्दैन । तातो खाना, काक्रो, तरबुजा, खरबुजा, मसलादार खाना, चिल्लो खाना, बदाम, तातो दूध, चिया, घामबाट हिँडेर आउनेवित्तिकै पानी पिउनु शरीरका लागि हानिकारक हुन्छ । यस्तै, व्यायाम गर्नेवित्तिकै पनि पानी पिउनु हुदैन । यसैगरी, बिहान पानी पिउँदा टाउको दुखाई, मिर्गौलाको समस्या, मुटुको रोग, पाचन प्रक्रियामा सन्तुलन, कब्जियत जस्ता थुप्रै समस्याहरु समाधान हुन्छ ।
यो पनि,जुन तरकारीमा पनि मिल्ने आलुको प्याजसँग छ ‘दुस्मनी’ ? तपाईलाई थाहा नभएका यसका यस्ता छन् तीन तथ्य, तरकारीको राजा आलु भोजनको जरुरी हिस्सा बनिसकेको छ । यसमा भिटामिन सी, पोटासियम, भिटामिन–बी सिक्स र फाइबर पर्याप्त मात्रामा पाइन्छ । आलुमा फ्लेभोनाइड्सको नामको एन्टिअक्सिडेन्ट हुन्छ, जुन स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । तर आलु त्यतिबेला मात्रै शरीरका लागि स्वस्थ हुन्छ, जब तपाईंले सही आलु किनेर ल्याउनुहुन्छ ।दिल्लीमा न्यूट्रिसनिस्ट शैली तोमरका अनुसार तपाईंले आलु किन्दा त्यो कसिलो होस् भन्ने ध्यान राख्नुपर्छ । गिलो हुनुहुन्न । थिच्दा आलु खुम्चिन खालको हुनुहुन्नँ । आलुको सतहमा कुनै प्रकारको काटिएको वा धेरै दाग पनि हुनुहुन्नँ । त्यसो भए आलु किन्दा के के कुरामा ध्यान दिने त ?
टुसा पलाएको आलु किन्नु हुँदैन: आलुमा टुसा पलाएको छैन भने त्यो ताजा होइन । टुसा पलाएको आलुमा ग्लाइकोलाइड र काकोनाइन नामको रसायन बन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । सेन्टर फर फुड सेफ्टी रिसर्चका अनुसार टुसा पलाएको आलु खानु हुँदैन । किनकी यो आलुमा ग्लाइकोलाइड अधिक मात्रामा पाइन्छ । ग्लाइकोलाइड आलुको बिरुवामा पहिले देखि नै पाइन्छ र यो विषालु पदार्थ हो । धेरै मात्रामा ग्लाइकोलाइड भएको खानेकुरा खाँदा पखाला लाग्ने हुन्छ । त्यसैले टुसा पलाएको आलु किन्नु हुँदैन ।
हरियो आलु नकिन्नुहोस्: आलुको रंग हरियो हुनुको अर्थ त्यसमाथि एउटा विषाक्त रसायनको निर्माण हुनु हो । यो रसायनको नाम हो सोलनाइन । यदि सतहमा हल्का फुल्का हरियो छ भने त्यसलाई काटेर फालिदिए हुन्छ र अन्य भाग प्रयोग गरे हुन्छ । तर यदि पूरै आलु नै हरियो छ भने त्यो नखाएकै राम्रो । सोलनाइनका कारण आलुमा कडापन आउछ र यो खाँदा संक्रमण पनि हुनसक्छ । बान्ता हुने, पेट दुख्ने र पखाला लाग्ने जस्ता समस्या पनि आउन सक्छ । अधिक मात्रामा सोलनाइनले मस्तिष्क प्रणालीलाई पनि क्षती पु¥याउँछ । किनकी यो एक किसिमको न्यूरोटक्सिन हो ।
फ्रिजमा नराख्नुहोस् आलु: आलु किनिसकेपछि यसलाई फ्रिजमा नराख्नुहोस् किनकी फ्रिजमा राख्नाले आलुको स्टार्च सुगरमा परिवर्तन हुन थाल्छ । त्यसैले आलु गुलियो हुन्छ । आलुलाई सूर्यको किरण सिधै नपर्ने स्थानमा राख्नुहोस् । आलुलाई पेपर ब्यागमा वा परफोरेटेड प्लास्टिक ब्यागमा राख्नुहोस् । ओसिलो सतहमा पनि आलु नराख्नुहोस् । यस्तो ठाउँमा पनि नराख्नुहोस् जहाँको तापक्रम उच्च छ ।
प्याजसँगै आलु नराख्नुहोस्: आलुलाई प्याजसँग पनि नराख्नुहोस् । यसबाट पनि टुसाउने समस्या बढी हुन्छ । यो सबै समस्याबाट बच्नका लागि आफूलाई छोटो अवधिमा पुग्ने ठिक्क आलु मात्रै किन्नुहोस् । यसलाई लामो समयसम्म भण्डारण गर्ने समस्याबाट बच्नुहोस् ।