औषधि र उपचार गर्दा सबैले बुझ्नुपर्ने महत्वपूर्ण कुरा

    कुनैपनि रोगको उपचार गर्दा सवैभन्दा पहिले निदानको खाचो हुन्छ । डाक्टरले उपचार गराउन आएको व्यक्तिले पुर्व उपचार गरेको छ वा छैन यदि गरेको छ भने कस्तो औषधि खाएको छ भनेर बुझ्न आवश्यक छ । नबुझि गर्ने उपचार भनेको हचुवाको भरमा गर्ने उपचार अन्तर्गत पर्दछ । आज जतिपनि उपचार जनताले गराएका छन् सवै ठिक छन् भन्ने आधार त्यति बेला सावित हुनसक्छ जतिबेला उ निको हुनसक्छ ।

    सामान्य अवस्थाका रोगको उपचार कडा खालको औषधिबाट मात्र सम्भव छ भन्ने मानसिकतामा हामी पुगेका हुन्छौ कहिलेकाहीँ यसले पनि समस्या निम्त्याउने हुनसक्छ । कसैलाई रूघा लागेको छ तर ज्वरो आएको छैन र तीन दिन कटेको छैन भने सामान्य औषधिको प्रयोग नगरी यस्ता रोग केहि दिनमा आफै निको हुनसक्छ ।

    यो रोगको उपचार यस्तो बेलामा सन्तुलित आहार, व्यायाम, पर्याप्त निद्रा तथा तनाव कम भएन भने रोगप्रतिरोधी क्षमता कम घट्दछ र चिसो मौसममा हुने संक्रमणको जोखिम बढि हुन्छ । आजकल अधिकांश औषधिहरू रेजिस्टेण्ड हुनाले कतिपय रोग निको हुन सकेको छैन यस्तो हुनुको पछि सहि तरिकाले औषधिको प्रयोग नहुनु वा भएमा पुरा डोज नपुग्नुको प्रमुख कारणले पनि ड्रग्स रेजिस्टेण्ड भएको हुन सक्ने सवै डाक्टरहरूको भनाइ छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *