सुताइका यी अवस्था : स्वभाव र प्रवृत्ति बताउँछ

सुताईका ६ मुख्य फिटस, लग, यार्नर, सोल्जर, फ्रिफाल र स्टारफिस स्थितीहरु छन । यी सयन स्थितिको अध्ययन मानिसको प्रवृत्तिको बारेमा पनि जान्न सकिन्छ । स्कटल्याण्डको ईडीनवर्गमा अवस्थित निन्द्रा सम्बन्धि अध्ययन गर्ने संस्था “स्लिप असेस्मेन्ट एण्ड एडभाईजरी सर्भिसका” निर्देशक प्रोफेसर क्रिस इजीकोवाक्सीले सयन स्थितिका मुख्य ६ स्थितीहरुको अध्ययन गरेर यी आसनहरु र प्रवृत्तिको अन्तरसम्बन्धलाई छर्लङ्ग पार्ने कोसिस गरेका थिए ।

प्रोफेसर क्रिसका अनुसार सयन सैलीका ६ मुख्य आसनहरु फिटस, लग, यार्नर, सोल्जर, फ्रिफाल र स्टारफिस हुन । यी सयन आसन र व्यक्तिको प्रवृत्तिको सम्बन्ध यस प्रकार छ

१) फिटस

गर्भास्थ शिशुको जस्तो दायाँ वा बायाँतिर कोल्टे परी टाउको, हात र खुट्टा खुम्चाएर सुत्ने, सयन स्थिति हो । यो स्थिति प्रयोग गर्ने व्यक्तिहरु बाहिर धेरै कठोर तर आन्तरिक रुपले अत्यन्त कोमल मन भएको पाईएको छ ।

यस्ता व्यक्तिहरु पहिलो पल्ट कसैसँग मिल्दा धेरै नखुल्ने, अल्पभाषी र लज्जालु लाग्न सक्छन् तर सम्बन्ध प्रगाढ हुँदै गए पछि चाढै सामान्य भई घुलमिल हुन थाल्दछन । यो आसनको सबैभन्दा सामान्य स्थिति हो । प्रा. क्रिसको अध्ययानबाट प्राप्त तथ्यांक अनुसार पुरुषहरु भन्दा महिलाहरुमा प्रचलीत को सयन स्थिति प्रयोग गर्ने हरुको हिस्सा ४१ प्रतिशत छ ।

फिटस स्थितिमा बायाँत्तर्फ कोल्टे परेर सुत्ने हरुमा आमाशय, कलेजो र फोक्सो जस्ता अति संवेदनशिल अंगहरुको केहि न केहि समस्या भएको पनि पाईएको छ भने दायाँतर्फ कोल्टे परेर सुत्ने हरु तुलनात्मक रुपले स्वास्थ पाइएको छ ।

२) लग

सर्वेक्षणमा सामेल १५ प्रतिशत दायाँ अर्थात बायाँतर्फ कोल्टे परेर हातलाई शरीरसँग टासेर सामानन्तर राखि खुट्टा नखुम्च्याई सुत्ने गरेको पाईएको छ । यो सयन स्थितिमा सुत्ने मान्छेहरु सोझा-सिधा, सामान्य, सामाजिक र शान्त प्रकृतिका हुन्छन् भने नचिनेका व्यक्तिहरुमा पनि तुरुन्त विश्वास गर्न पछि हट्दैनन् फलतः यिनलाई कसैले पनि उल्लु बनाउन सक्छ ।

यो स्थितिमा सुत्ने व्यक्तिहरु अत्यन्त सरल हुने भएकाले यस आसनलाई सोझाहरुको सयन आसन पनि भनिन्छ । ढाँडलाई नमोडी सुत्नु पर्ने भएकाले यस स्थितिमा सुत्नेहरुमा कम्मर तथा ढाँडको समस्या कम भएको पनि पाईएको छ ।

३) यार्नर

सर्वेक्षणमा सामेल भएकाहरु मध्ये १३ प्रतिशतले यो सयन विधि अपनाइएको पाइयो । यस्ता व्यक्तिहरु खुट्टा नखुम्च्याई कोल्टे परेर, हातलाई शरीरको लम्ववत, अगाडीपट्ट सिधै वा हल्का मोडेर सुत्ने गर्छन् ।

यो स्थितिमा सुत्ने व्यक्तिहरु खुला मिजासका तर संन्दिग्ध तथा सन्काहा मनस्थितिका, निर्णय गर्न लामो समय लिने तर एकपटक निर्णय लिई सकेपछि सायदै बदल्ने, हरेक घटना र परिस्थितिलाई फाईदा वेफइदाको तराजुमा तौलिने र नयाँ कुरा तुरुन्त सिक्न सक्ने क्षमताका हुन्छन् । प्राध्यापक क्रिसका अनुसार यो सयन विधि अपनाऊनेहरुमा एसिडिटि र निद्रामा निसास्सिने समस्या धेरै पाईएको छ ।

४) सोल्जर

सर्वेक्षणमा सामेल प्रतिशत व्यक्ति यस स्थितीमा सुत्ने पाइयो । यो स्थितीमा हात शरीरसंग अभिन्न राखी, सर्तक पोजिसन उभिएको शैनिक जसरी उत्तानो परेर सुत्ने प्रवृतिका हुन्छन् । यस्ता व्यक्ति शान्त प्रकृतिका, अलग्गै रहन चाहने, कसैसँग हत्तपत्त नखुल्ने, सानातिना कुरामा नअल्झी आफ्नो र अरुको उच्च भलाई चाहने प्रवृतिका हुन्छन् । घुर्ने, सुतेको समयमा निसास्सिने र गहिरो निद्रा लिन नसक्ने जस्ता समस्या यो सयन विधि अपनाउनेहरुमा पाईएको छ ।
५) फ्रिफाल

सर्वेक्षणमा सामेल प्रतिशत व्यक्तिहरु यस आसनमा सुत्ने गरेको पाइयो । यस्ता व्यक्तिहरु पेटको बलले सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास राख्ने गर्दछन् । यो सयन विधि अपनाउनेहरु मिलनसार, बहिरमुखि, चाडै ऊत्त्तैजित भईहाल्ने, कठिन परिस्थितीमा अत्तालिने, ब्याक्त्तिगत आलोचना नसहने, आन्तरिक रुपले धेरैनाजुक र घुसघुसे हुन्छन् । कामुकता र चन्चलता यस आसनमा सुत्नेहरुको एऊटा विषेशता हो भने पातलो छाला र मजबुत पाचनशक्ति अर्को विषेशता हो ।

६) स्टारफीस

सर्वेक्षणमा सामेल व्यक्तिहरुमध्ये यस आसनमा सुत्नेहरुको सहभागिता प्रतिशत थियो । यस स्थितीमा सुत्ने व्यक्तिहरु सहयोगी भएकाले प्रायः राम्रा मित्र साबित हुन्छन् । यो स्थितीमा ढाडको बलले, ऊत्त्तानो परि, खुट्टा फट्याएर, हात तकियाको आसपास राखी स्टारफिश माछाको आकृतिमा सुत्ने गरिन्छ । यो सयन विधि अपनाउनेहरु प्रायशः सबैको कुरा सुन्न तयार हुन्छन । यीनिहरु आकर्षणको केन्द्र बन्न चाहदैनन् । स्टारफिस स्थिीतिमा सुत्नेहरुमा घुर्ने (स्नोरिङ्ग), दुस्वप्न देख्ने र निन्द्रामा निसास्सिने समस्याबाट ग्रसीत भइएको पाइयो ।

प्रा. क्रिसका अनुसार यी विभिन्न विशेष स्थितीमा सुत्नेहरु आमरुपमा अर्को सयन स्थिति परिवर्तन गरेर सुत्दैनन तर ५ प्रतिशतले भने आसन परिवर्तन गरी गरी सुत्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *