जाडोमा रुघाखोकी र ज्वरोबाट कसरी जोगिने?

    जाडोको मौसममा सबैभन्दा पहिले हामी चिसोबाटै जोगिनुपर्छ।
    यो बेलामा रुघाखोकी लाग्नु स्वभाविक हो। रुघाखोकी वर्षमा करिब २ देखि ४ पटकसम्म धेरैलाई लाग्छ। यसबाट जोगिन हामीले आफ्नो शरीरलाई तातो राख्नुपर्छ।

    आफूलाई कतिको जाडो लागेको छ र कुन साधनमा यात्रा गरिएको छु भन्ने हो। मोटरसाइकलमा यात्रा गर्नेलाई अलि धेरै चिसो लाग्छ। हामीले तीन तहको कपडा लगाउनुपर्छ।

    विशेष गरेर मोटरसाइकलमा यात्रा गर्नेले उलनको टोपी, पञ्जा, जुत्ता र बाक्लो मोजा लगाउनैपर्छ। पानी प्रसस्त पिउनुपर्छ। स्कुटर र मोटरसाइकलमा यात्रा गर्नेले आफूलाई न्यानो राख्न खेलाची गरेमा चिसोले असर गर्छ।

    त्यस्तै चिसोले बालबालिका र वृद्धालाई धेरै असर गर्छ। उनीहरूलाई धेरै रुघाखोकीले सताउँछ। रुघाखोकी र ज्वरो आउनुको मुख्य कारण भाइरलको संक्रमण हो।

    जाडोमा पिसाबमा समस्या देखिनेदेखि श्वासप्रश्वासमा समस्या हुने समेत हुन्छ। यो बेलामा रुघाखोकी लाग्यो भने प्यारासिटामोल खान सकिन्छ। तर १ सय २ डिग्री ज्वरो आएको छ भने चिकित्सककहाँ जानुपर्छ।

    खोकीमा खकार आयो भने पनि चिकित्सककहाँ जानैपर्छ। जाडोमा रुघाखोकी लागेको छ भने एउटै कोठामा धेरै जना बस्नु हुँदैन। ज्वरो आउँदा सिटामोल खान सकिन्छ तर चिकित्सकको परामर्श बिना एन्टीबायोटिक्स खानै हुँदैन। किनकि, धेरैजसो बिरामीलाई एन्टीबायोटिक जरुरी पर्दैन।

    जाडोको बेला दीर्घ रोगीले पनि धेरै ख्याल गर्नुपर्छ। जस्तो जाडोको बेलामा खाना धेरै रुच्छ अनि व्यायाम पनि कम हुन्छ। यस्तो बेलामा सुगरका बिरामीको सुगर बढ्न सक्छ। त्यसैले ख्याल गर्नुपर्छ।

    उच्च रक्तचापका बिरामीले समेत यस्ता कुरामा ध्यान दिनुपर्छ। त्यसैले जाडोको समयमा घाम नलागि ब्यायाम समेत गर्नुहुँदैन। दमका बिरामीले पनि उत्तिकै ख्याल गर्नुपर्छ। जाडोमा दम बढ्ने धेरै समस्या हुन्छ।

    जाडोमा चिसो खाने कुरा खानै हुँदैन भन्ने होइन। फ्रिजको खाना सकेसम्म खानु हुन्न। तर सधैं तातो मात्रै खानुपर्छ भन्ने होइन। मनतातो र सामान्य खाना खाने हो। धेरै तातो पानी खानु राम्रो होइन। मन तातो र सामान्य पानी नै खानु राम्रो हुन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *