किन हुन्छ सम्भोग गर्दा शीघ्र वीर्य स्खलन ? कसरि समाधान गर्ने ?

    शीघ्र वीर्य स्खलनको कारण

    तपाईंलाई थाहै हुनुपर्छ, प्राय सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन् । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा चाँडो वीर्यस्खलन भए त्यसलाई शीघ्र स्खलन मान्न थालिएको छ ।

    योनिमा घर्षण नै गर्न नपाई योनिमौ वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो ।

    कतिपयले सामान्य समय सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्छन् ।

    महिलालाई चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि सामान्य समयमै भएको भए पनि पुरुषको वीर्य स्खलन चाँडो भएको भान पर्छ । यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको विषय हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट तुल्याउन सक्दिन कि भन्ने चिन्ता हुँदा यसले समस्या थप चर्काउँछ । विरलै भए पनि केही psychotropic drug को प्रयोग नै यस्तो समस्याको कारण त होइन भनेर केलाउन बिर्सनु हुँदैन ।

    समाधानका लागि के गर्न सकिएला?

    आक्कल–झुक्कल शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन ।

    धेरै चिन्ता गर्दा समस्या थप वृद्धि हुनसक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ ।

    यो समस्या कम गर्न आफैंले अवलम्बन गर्न सकिने केही उपाय छन् ।

    १. यौनसम्पर्क रोक्ने–सुरु गर्ने :यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर केही वेर यौनक्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने ।

    २. आसन परिवर्तन: लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्र स्खलन कम गर्न मद्दत मिल्छ ।

    ३. लिंग अँठ्याउने: यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भए तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा यौन उत्तेजना कम भए पछि पुनस् सुरु गर्ने ।

    ४. कन्डम प्रयोग गर्ने : कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।

    ५. मांसपेशीको प्रयोग : पिसाब आउँदा रोक्ने प्रयास गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ ।

    ६ औषधीको प्रयोग : अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । यस्ता औषधी लिंगमा प्रयोग गर्दा शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।

    ७. वीर्य स्खलन नियन्त्रणको अभ्यास : दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिङ्गलाई चलाउने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने तथा उत्तेजना केही कम भएपछि पुन सुरु गर्ने र यो प्रक्रिया दोहार्‍याउने ।
    वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी)सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क भने नगर्ने । वीर्य स्खलन होला जस्तो भएपछि यो क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौन क्रियाकलाप अघि बढाउने । यो प्रक्रियामा समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुन सक्छ । यो उपाय दीर्घकालीन समाधानमा लाभदायक हुन सक्छ ।

    दीर्घकालीन समाधानको कुरा

    तपाईंलाई थाहै हुनुपर्छ, धेरैजसोले यौनसम्पर्क राखे पनि वीर्य स्खलनलाई पुरुषको यौन कार्य सक्षमताका रूपमा लिन्छन् । यसरी शीघ्र स्लखन हुँदा यौन कार्य राम्रोसँग सम्पादन गर्न नसकेको मानिन्छ । महिलालाई यौन सुख दिन नसकेको भन्ने मानेर दुखी हुने मात्र होइन, आत्मसम्मानको समस्या समेत देखापर्न सक्छ । महिलाले पनि शीघ्र स्खलन हुँदा आफ्नो पार्टनरले मलाई यौन सन्तुष्टि दिन सक्दैन भन्ने मान्न सक्छन् । यौन कार्य सम्पादनको चिन्तालाई नियन्त्रण गर्नु एउटा महत्वपूर्ण पक्ष हो । कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ ।

    कुनै कार्य ठिक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै चिन्ता बढेर कार्य सम्पादन क्षमता मै ह्रास आउन थाल्छ । यो स्थितिमा वीर्य स्खलनमा मात्र केन्द्रित रहेर यौनसम्पर्क गरिन्छ । कार्य सम्पादनको चिन्ता भएको स्थितिमा समस्या अझ चर्कन्छ ।
    यस्तो स्थितिमा पहिले गरिने स्पर्श, चुम्बन, सुमसुम्याई वा पाक्क्रीडाजस्ता क्रियाकलाप पनि कम भएर जान्छन् । यसले गर्दा पुरुषमा मात्र होइन, महिलामा समेत मानसिक तनाव हुन्छ । यसले सम्बन्धको सुमधुरतालाई नै समस्यामा पार्न सक्छ । यस्तो स्थितिमा दुवैले राम्रोसँग कुराकानी गरेर तनावरहित वातावरणमा समस्याको समाधान खोज्नुपर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *