आन्द्राका लागि खतरनाक हुन्छ मैदा

    गहुँको पिठोको परिस्कृत रुप नै मैदा हो । मैदा बनाउनका लागि आँटालाई थुप्रै पटक र निकै मसिनो गरी पिसिने गरिन्छ । पाउरोटी, कुकिज, क्रेकर्स, पिज्जा बेस, समोसा, पुरी, जेरी, माल्पुवालगायतका विभिन्न खानेकुरा बनाउन मैदाको प्रयोग हुन्छ ।

    यसबाट बनेको खानेकुरा शरीरका लागि निकै हानिकारक हुन्छ ।मैदा शरीरका लागि निकै खतरनाक हुन्छ । वास्तवमा, आँटालाई पिसेर राम्रो गुणस्तरको मैदा त पाइन्छ तर यसका सबै पोषक तत्व छानिइसकेको हुन्छ ।

    एकातिर गहुँलाई स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ भने मैदा स्वास्थ्यको हिसाबले निकै खतरनाक हुन्छ ।बोस्टनमा बालबालिकाको अस्पतालको न्यू ब्यालेन्स फाउन्डेशन मोटोपना निवारण केन्द्रका निर्देशक डेविड लुडविग (एमडी, पीएचडी) का अनुसार अमेरिकीहरु अत्यधिक मात्रामा ट्रान्सफ्याट प्रयोग गर्छन् जसमा रिफाइन्ड कार्बोहाइड्रेट, रिफाइन्ड ग्रेन प्रोडक्ट्सआदि समावेश छन् ।

    यी सबैको अमेरिकन डाइटमा सबैभन्दा बढी हानिकारक प्रभाव पर्छ । मैदा खाँदा स्वास्थ्यमा कस्तो प्रभाव पार्नसक्छ भन्नेबारे जानकारी लिऔं:

    यो एसिड–अल्कलाइन असन्तुलनको कारण बन्ने गर्छ: शरीरको स्वस्थ पीएच स्तर ७.४ हुन्छ । डाइटमा एसिडिक खाद्य पदार्थको अत्यधिक मात्रा हुँदा शरीरमा क्याल्सियमको कमी हुने गर्छ । यसका कारण हड्डी कमजोर हुन्छ ।

    गेडागुडीलाई एसिडिक फुड मानिन्छ । शोधका अनुसार खानामा मैदाको अत्यधिक प्रयोगले हड्डीलाई हानी पुर्याउन सक्छ । एसिडिक डाइटले प्रतिरोधी प्रणालीलाई हानी पुर्याउँछ जसका कारण शरीर विभिन्न रोगको चपेटमा आउन सक्छ ।

    ब्लड सुगरको स्तर बढाउन सक्छ: मैदा शरीरका लागि स्वस्थ विकल्प हो भनेर आफ्नो खानामा समावेश गरिरहनुभएको छ भने तपाईं गलत सोचिरहनुभएको छ । मैदाबाट बनेको खानेकुरा तपाईंको शरीरका लागि थप हानिकारक हुन्छ ।

    मैदामा भएको कार्बोहाइड्रेट जसलाई एमाइलोपेक्टिन ए भनिन्छ, कुनै पनि अन्य कार्बोहाइड्रेटको तुलनामा निकै सजिलै ब्लड सुगरमा परिवर्तन हुने गर्छ । मैदाको ब्रेकको दुईवटा स्लाइसले मात्रै पनि शरीरमा ब्लड सुगरको स्तरलाई ६ चम्चा चिनी वा थुप्रै क्यान्डी बारभन्दा पनि बढी बढाउन सक्छ ।

    शरीर सुन्निन सक्छ: दानायुक्त आहार शरीर सुन्निनुको कारण बन्नेगर्छ । यसमा ब्लड सुगर लेभल बढ्ने गर्छ र रगतमा ग्लुकोजको निर्माण हुन्छ जसमा गुलकोजले आफूलाई वरिपरिको प्रोटिनसँग जोड्ने गर्छ ।

    यसका कारण ग्लाइकेशन नामको एक केमिकल रियाक्सन हुने गर्छ । ग्लाइकेशन एउटा प्रो–इन्फ्लेमेटरी प्रक्रिया हो जसका कारण जोर्नी दुख्छ भने मुटुरोग पनि गराउँछ । साथै यसले शरीर सुन्निने समस्या पनि निम्त्याउँछ ।

    आन्द्रालाई हानी पुर्याउन सक्छ: शोधका अनुसार दानायुक्त खानेकुरामा पाइने लेक्टिनका कारण आन्द्राको पत्र सुन्निने गर्छ । जब तपाईं मैदा खानुहुन्छ तब खानामा ८० प्रतिशत फाइबर नष्ट हुने गर्छ ।

    तपाईंको शरीरले त्यो फाइबर पाउँदै जसलाई त्यसको आवश्यकता पर्छ र कार्बोहाईड्रेट तीब्र रुपमा निष्कासन हुने गर्छ । फाइबर बिना शरीरले आन्द्राको फोहोरलाई सफा गरेर शरीरलाई डिटक्स गर्न सक्षम हुँदैन ।

    फूड एलर्जीको कारण बन्ने गर्छ: मैदालाई फुड एलर्जीको सबैभन्दा ठूलो ट्रिगर्समध्ये एक मानिन्छ । थुप्रै गेडागुडीमा पाइने ग्लूटन नामक प्रोटिनले पिठोलाई लचिलो बनाउने काम गर्छ । यसले रोटीलाई नरम बनाउन मद्दत गर्छ ।

    गहुँमा अब यो पहिले देखि नै धेरै हुन्छ । जब ग्लूटेन सेन्सिटिविटी भएका मानिसहरु ग्लूटेनयुक्त उत्पादनको प्रयोग गर्छन्, उनीहरुको शरीरमा फूड एलर्जी हुनुका साथै थुप्रै अन्य समस्याको खतरा बढ्ने गर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *