जाडोमा घरमै यसरी बनाउनुहोस् मुलायम ओठ

    जाडोमा मौसम सुख्खा हुने, बढी चिसो हुने, पानी कम खाने कारणले ओठ फुस्रो, रुखो, फुट्नेजस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा ओठको सौन्दर्य जोगाइराख्न वा मुलायम बनाउन बजारमा लिप बामलगायत थुप्रै उत्पादन पाइन्छन् । बजारमा उपलब्ध यी सौन्दर्य सामग्रीमध्ये कुन बढी प्रभावकारी हुन्छ ? कसरी यसले ओठलाई मुलायम बनाइराख्छ?

    घिउकुमारी

    घिउकुमारीले ओठलाई मुलायम र कोमल बनाइराख्न सहयोग गर्छ ।

    मह

    महलाई एक अद्भूत मोइस्चराइजर भनिन्छ । जसमा फुटेको ओठको उपचार गर्न निको पार्ने र जीवाणु प्रतिरोधी गुण छन् । मह र ग्लिसिरिनको मिश्रण बनाएर ओठमा लगाएर रातभर छाड्नुपर्छ ।

    गुलाब र दूध

    केही ताजा गुलाब लिने र तिनीहरूलाई केही घण्टाको लागि काँचो दूधमा डुबाउनुपर्छ । अब यो दूध दिनमा कम्तीमा दुईदेखि तीन पटक आफ्नो ओठमा लगाउँदा प्रभावकारी हुन्छ । दूध र गुलाबमा मोइस्चराइजिङ प्रभाव हुन्छ, जसले तपाईंको ओठलाई गुलाबी बनाउन मद्दत गर्छ ।

    चिनी

    चिनीले स्क्रबको रूपमा काम गर्छ, जसले ओठको मृत छाला हटाउन मद्दत गर्दछ । तिनीहरूलाई कोमल र नरम देखाउँछ । अलिकति मह लिएर यसमा चिनी मिसाएर स्क्रब गर्ने र आफ्नो ओठमा राम्रोसँग मसाज गर्नुपर्छ । यसलाई केहीबेर राख्ने, मनतातो पानीले धुने र त्यसपछि प्राकृतिक लिप बाम लगाउनु राम्रो हुन्छ ।

    नरिवल तेल

    नरिवल तेल उत्तम प्राकृतिक मोइस्चराइजरमध्ये एक हो । नरिवलको तेलले आफ्नो ओठमा मसाज गरे ओठलाई सुरक्षा प्रदान गर्छ ।
    ahilaswasthya.com बाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *