बाझोपना मेटाउने सरल फर्मुला जानौं र प्रयोग गरेर फाइदा उठाऔ

    आज अधिकांश परिवारमा यो समस्या देखिएको छ । थुप्रै उपचार गर्दा गर्दा ठिक नभएका धेरै केस छन् । हाम्रो बुबा हजुरले गर्नु हुन्थ्यो आज मैले सबैको लागि यो फार्मुला सेयर गर्दैछु । कुनै पनि चिजलाई हल्का रूपमा लिनु हुदैन ।

    हाम्रो समाजमा यस्ता अनेकौं फार्मुला छन् जसको प्रयोग अल्छीपनका कारण हामीले त्यसै छोडेका छौं । यस्ता कुरामा हामीले बढी ध्यान दिन आवश्यक छ । जडिबुटी होस् या कुनै पनि औषधि होस् सेवन गराउने तरिका राम्रोसंग बुझ्न आवश्यक छ ।

    आजको लेखमा बाझोपना मेटाउने सरल फार्मुला मैले हृदयमा नराखी पस्कनेछु। यस अघि पनि मैले धेरै फार्मुला पस्की सकेको छु । कतिले लाभ उठाउनु भयो एकिन हुन सकेन । तर यो फार्मुला धेरै महत्वपूर्ण छ । जनकल्याण होस् भन्ने मेरो चाहना छ ।

    फार्मुला साधारण छ । जो कसैले गर्न सक्छ नियमको पालना र औषधि बनाउने कुरामा भर पर्छ । कतिपय साथीहरूले यो विधिबाट ख्याति कमाउन सक्नुहुन्छ भन्ने कुरा मलाई पुरा विश्वास छ । जो जसले यो काम गर्नु हुनेछ उहाँहरूले एक माना चामल र १०१ रुपैया दान दिन नभुल्नुहोला यो नै गुरू दक्षिणा हो ।

    औषधि बनाउने तरिका

    १. लसुन एक पोटी ल्याउनुहोस् र बाहिरको बोक्रा फाल्नुहोस् । फालेको लसुनलाई माटाको भाडामा राखेर डुब्ने गरी शुद्ध मह राखेर भाडालाई सधै बाल्ने आगोको तल्लो भागमा गड्डा खनेर ४१ दिनसम्म ढाकेर राख्नुहोस् । ४१ दिनपछि यसमा औषधिको गुण पैदा हुन्छ ।

    सेवन गर्ने तरिका

    १. यो औषधि श्रीमान श्रीमतीले बिहानै दुधसंग ४१ दिन सेवन गर्ने र हप्तामा एक पटक मात्र सम्पर्कमा आउने गरेमा गर्भ रहन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *