सधैं जवान देखिनका लागि यस्ता खानेकुरा खाऔं

    सुन्दर र आकर्षक देखिन हरकोहिको चाहान हुन्छ । अनुहारमा क्रीम लगाउँदैमा कोहि व्यक्ति राम्रो भएको महशुस गर्छन् । तर फरक र आकर्षक देखिनका लागी अन्य तरिकाहरु पनि अपनाउनुपर्ने हुन्छ।

    सही किसिमको खानपानले शरीरलाई स्वस्थ राख्नका साथै सुन्दर देखिनमा पनि उतिकै मद्दत गर्दछ । केहि खानेकुराहरुले छालालाई स्वस्थ्य राख्नुका साथै जवान देखाउन पनि सहयोग गर्छ । अनुहार सुन्दर बनाउनको लागि,यस्ता खाने कुराहरु खानु पर्ने हुन्छ ।

    गाजर

    सुन्दर देखिनका लागी गाजर खानु राम्रो हुन्छ । गाजरमा पोषक तत्वहरू समावेश हुन्छन् । गाजरमा बीटा क्यारोटीन, भिटामिन ए र एन्टिआक्सिडेन्ट्सको उच्च मात्रा पाइन्छ र छालालाई स्वस्थ्य राख्छ । यस बाहेक, यसले घामको क्षतिबाट छालालाई पनि सुरक्षा दिन्छ। गाजरको सेवनले समयपूर्व बुढेसकालका लक्षणहरू पनि रोक्दछ।

    टमाटर

    टमाटर खाँदा अनुहार सुन्दर देखिन्छ। टमाटर हामि सबैले तरकारीका रुपमा प्रयोग गर्छौ । यसमा एन्टिआक्सिडेन्ट्स, भिटामिन सीप्रचुर मात्रामा पाइन्छ । एक कप टमाटर जुसबाट दुई मिलिग्राम भिटामिन सी पाइने बिज्ञहरु बताउँछन् ।

    सुन्दर र जवान देखिनका लागि हरियो तरकारी खानु राम्रो मानिन्छ । हरीयो तरकारीमा एन्टिआक्सीडेन्टहरू सबै प्रकारका प्रोटीन, खनिज र आवश्यक भिटामिनहरू समाबेश भएका हुन्छन् ।

    हरियो पातदार तरकारीहरूमा मुलाको पात, रायोको साग, धनिया, ब्रोकोली र अन्य पातदार तरकारीहरू खान सकिन्छ ।

    दुध

    दुधमा रहेको ल्याक्टिक एसिडले मृत छाला कोषहरू हटाउन मद्दत गर्दछ। दूधमा भिटामिन ए पाइन्छ । यो छालाको समग्र स्वास्थ्यको लागि राम्रो मानिन्छ । दुधका एन्टिआक्सीडेन्टहरूले हानिकारक ब्याक्टेरियाहरूलाई नष्ट गर्न मद्दत गर्दछ।

    दही

    दही खानु छालाको लागि लाभदायक छ। दही प्राचीन समयदेखि नै सौन्दर्य उपचारको लागि प्रयोग भइरहेको छ। दहीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ। दही खाएमा सुन्दर देखिनका साथै पाचन प्रणाली स्वस्थ हुनेछ।

    आलु

    आलुमा भिटामिन सी र ई हुन्छ । जसले हाम्रो छालालाई फ्रि रेडिकलहरूको प्रभावबाट बचाउन मद्दत गर्दछ। दैनिक खानामा मीठो आलु समावेश गरेमा सुन्दर छाला पाउन सकिन्छ।

    एप्पल साइडर

    एप्पल साइडर सिरका छालाको ट्यान हटाउन र छाला कडा बनाउनका लागि धेरै प्रभावकारी छ। यसमा फेला परेका एन्जाइमहरूले मृत छाला कोषहरू हटाउन मद्दत गर्दछ । यसले खाना पचाउन पनि मद्दत पुर्‍याउँछ।

    लसुन

    लसुनमा छाला सफा गर्ने एन्टिबायोटिक हुन्छ । जसले धेरै छाला समस्याहरूको उपचार गर्न सक्छ। छालाको दाग, दाना र साना घाउहरू लसुनको प्रयोग गरेर उपचार गर्न सकिन्छ। त्यस बाहेक, लसुनको प्रयोगले झुर्रीहरू सहित बुढ्यौलीको लक्षणहरूलाई कम गर्न मद्दत गर्दछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *