सुत्नु अगाडि के खाने ? के नखाने ? जन्नुहोस

    चिकेनः प्रोटिनको मात्रा अधिक हुने चिकेनले पाचन प्रक्रियामा ५० प्रतिशतले ह्रास ल्याउँछ । यसले गर्दा सुतेको समयमा शरीरले आराम गर्नुको साटो सुत्नु अगाडि खाएको सम्पूर्ण खाना पचाउने सिलसिला सुरु हुन्छ । त्यसैले सुत्नुअगाडी कुखुराको मासु नखानु नै राम्रो ।

    वाइनः राती सुत्ने बेला वाइन पिउने बानी कतिपयको हुन्छ । तर, यो स्वास्थ्यका दृष्टिकोणले उचित मानिदैन । यसमा डिउरेटिक नामक तत्व हुन्छ जसले राती पटक-पटक निद्रा विथोलिरहन्छ । त्यसबाहेक यसले निदाउँदा घुर्ने समस्या उत्पन्न गर्दछ । योसँगै चिकित्सकहरुले रेडबुल लगायतका इनर्जी डि्रंक्स र कोकाकोला लगायतका सफ्ट डि्रंक्सहरु पनि सुत्नु पहिले नखान सुझाव दिएका छन् ।

    पिरो खानेकुराः सुत्नु अगाडी पिरो खानु शरीरका लागि हानीकारक छ । यसले शरीरमा अमलपित्त जगाउनुका साथै सुतेको समयमा छाती पोल्ने समस्या उत्पन्न गर्छ । यसबाट तपाईको निद्रा प्रभावित बन्न पुग्छ ।

    डार्क चकलेटः डार्क चकलेटमा क्याफिन र थियोब्रोमाइनको मात्रा अधिक हुन्छ । यसले शरीरमा क्यालोरीको मात्रालाई बढाउनुका साथै नशाहरुलाई उत्तेजित बनाई मुटुको धड्कन तीव्र बनाउँछ । साथै यसले अनिद्रा पनि बढाउँछ ।

    कफिः सुत्नु अगाडी कफि पिउनु स्वास्थ्यका लागि राम्रो हैन् । बिभिन्न अध्ययनहरुले कफि पिएपछि शरिरको सक्रियता बढ्ने र निद्रा नलाग्ने समस्या हुने गरेको तथ्य पत्ता लगाएका छन् । त्यसैले साँझपख वा सुत्नुअगाडी कडा कफि नपिउनु नै तपाइँको निद्रा र स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।

    सुत्नुअगाडी खानु पर्ने खानेकुरा

    केराः केरामा म्याग्नेसियम तथा क्याल्सियमको मात्रा अधिक हुन्छ । यसले मांशपेसीलाई खुकुलो बनाइ तपाईलाई गहिरो निद्रा प्रदान गर्दछ । यसमा कार्वोहाइडेट्स पनि बढी हुने भएकोले केराको सेवन गर्नाले तपाईलाई छिटोे निद्रा लाग्ने गर्छ ।

    दूधः दूध स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । त्यसैले त हाम्रा आमाहरु सुत्नुअगाडि दूध पिउने सल्लाह दिने गर्छन् ।

    दूधमा विशेषगरी थ्रिप्टाफ्यान नामक एमिनो एसिड पाइन्छ । यसले मस्तिष्कमा सेरेटोनिन नामक तत्व उत्पादन गर्दछ, जसको मद्दतले तपाईलाई रातको समयमा गहिरो निद्रा पर्ने गर्दछ ।

    टर्कीः सुत्नु भन्दा डेढ दुई घण्टा पहिला टर्की खानाले तपाईलाई गहिरो निद्रा पर्छ । यसबाट भोलीपल्ट दिनभर तपाईको मुड फ्रेस रहन्छ ।

    ज्यास्मिन राईसः सुत्नु अगाडि ज्यास्मिन राईसको प्रयोग उचित मानिन्छ । यसले शरीरमा पर्याप्त मात्रामा ग्लूकोजको प्रवाह गरी शरीरमा स्फूर्ति राख्न मद्दत गर्दछ । यो पचाउन समेत सजिलो हुन्छ ।

    सन् २००७ मा अमरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित समाचार अनुसार सुत्नुभन्दा चार घण्टा अगाडी ज्यास्मिन राइस खानाले तपाईलाई पहिलेको अनुपातमा छिटो निद्रा लाग्दछ ।

    चेरीः चेरीमा मेलाटोनिन नामक तत्व पाइन्छ । यसले शरीरको आन्तरिक प्रणालीलाई चुस्त राख्नुका साथै गहिरो निद्रा प्रदान गर्छ । एक अध्ययनले समेत राती चेरीको जुस पा चेरी खानाले गहिरो निद्रा लाग्ने तथा निद्रामा सुधार ल्याउने देखाएको छ । कतिपय मानिसहरु यात्राका दौरान मेलाटोनिन क्याप्सुकलको प्रयोग गर्ने गर्दछन् जसले उनीहरुलाई गहिरो निद्रा प्रदान गर्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *