चाणक्य शास्त्र एउटा कुटिल र निकै महत्वपूर्ण ज्ञानहरुको भण्डार हो। पूर्वीय दर्शनका प्राचीन कालका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए, चाणक्या ।
उनि राजनीति शास्त्र, अर्थशास्त्र, आदिका ज्ञाता एवं महान ग्रन्थहरू रचनाकार समेत थिए ।जीवन र जगतका ज्ञाता चाणक्यले मानव जीवनमा सुधार ल्याउने उदेश्यले आचार्य चाणक्यले चाणक्य नीति र चाणक्यनीतिशास्त्र ग्रन्थको रचना गरेका थिए ।
उनको नीति अनुसार महिलालाई देख्ने बित्तिकै बिश्वास गर्न नहुने र रुपमा भन्दा व्यवहार र चरित्रमा कस्तो छ कुरा ध्यान पुर्याउन पर्ने कुरा उल्लेख छ।
आचार्य चाणक्यले भनेका छन्– ‘वरयेत् कुलजां प्राज्ञो विरुपामपि कन्यकाम् ।
रुपशीलां न नीचस्य विवाहः सदशे कुले ।’ चाणक्यको यो छोटो श्लोकले भन्छ, कस्ता स्त्रीसँग बिवाह गर्न हुन्छ र कस्तासँग भुलेर पनि गर्ने हुन्दैन।सुन्दरता गौण आचार्य चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् ।
रुपशीलां न नीचस्य विवाहः सदशे कुले ।’ चाणक्यको यो छोटो श्लोकले भन्छ, कस्ता स्त्रीसँग बिवाह गर्न हुन्छ र कस्तासँग भुलेर पनि गर्ने हुन्दैन।सुन्दरता गौण आचार्य चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् ।
यदि कोही पुरुष स्त्रीको सुन्दरता देखेर विवाह गरेमा पुरुषको गल्ती हुने बताएका छन् । र, त्यस्ता पुरुषलाई मूर्खको संज्ञा दिएका छन् । संस्कार स्वभाव, लक्षण र गुण
विवाहको लागि स्त्रीको संस्कार, स्वभाव, लक्षण र गुण– अवगुणको बारेमा जानकारी लिनु पर्ने ग्रन्थमा उल्लेख रहेको छ । यी सबै कुरामा ध्यान दिन सकेमात्रै स्त्रीको विवाहको बारेमा निर्णय गर्नुपर्ने आचार्यले उल्लेख गरेका थिए ।
अन्यथा सुन्दरताका नाममा गलत स्त्रीको छनौटबाट परिवारमा दुःख आउन सक्ने उनको तर्क छ ।आचार्य चाणक्यले ग्रन्थमा स्त्रीको संस्कारलाई विशेष महत्व दिएका छन् ।
राम्रो संस्कार भएको स्त्रीको कारण घर स्वर्ग जस्तै हुने र पूरै परिवारको रेखदेख हुने चाणक्यले ग्रन्थमा उल्लेख गरेका छन् ।नराम्रो संस्कार भएका महिलाको कारण घर बिग्रन सक्ने
खतरा समेत हुने सक्ने उनको धारणा छ । त्यसैले स्त्री को संसास्कार राम्रो छैन भने बिहे गरेर केवल पछुतो मान्नु र आफ्नै भाग्यलाई गाली गर्नु सिवाय केही पनि पाइदैन ।