बच्चाले खाना खानै मान्दैन, यसो गर्नुहोस्।

    पछिल्लो समय बच्चाले खाना खान नमान्ने समस्या बढ्दै गएको पाईन्छ । विशेष गरी यस्तो समस्याबाट बच्चाको आमाहरु खुब चिन्तित देखिन्छन् । तर सानो सानो कुरालाई ध्यानमा राख्ने हो भने बच्चाले खाना नखाने समस्या झेल्नुपर्ने अवस्था आउदैन ।

    बच्चाको खुवाउने बेला यसो गर्नुहोस् :

    – खाना खाने तालिका बनाउनुपर्छ । (जस्तैः हरेक चार घण्टामा एकपटक खुवाउनुपर्छ, चारघण्टा नपुगी बिचमा सानो ठूलो खाने पिउने कुरा दिनु हुँदैन, प्यास लागेमा खान खानु दुइघण्टाअघि मात्र पानी पिउन दिनुपर्छ) ।

    – खाना खाने समय सिमित गरेर तोकिएको हुनुपर्छ, जस्तैः ३० मिनेट ।

    – बच्चालाई एक दुईवटा सामान्य खेलौना दिएर शान्त स्थानमा खाना खुवाउनुपर्छ ।

    – खाना खुवाउने व्यक्तिको मुड शान्त हुनुपर्छ ।

    – बच्चालाइ सजिलो ठाँउमा राखेर खुवाउनुपर्छ। आफैं खानसक्ने बच्चाहरुलाई उनीहरुकैलागि बनाइएको अग्लो कुर्सी (हाइ चियर)मा राखेर खुवाउनुपर्छ ।

    – बच्चालाई खाना खुवाउने व्यक्ति उसको आदर्श व्यक्ति हुनु उपयुक्त हुन्छ। जसलाई बच्चाले धेरै मन पराउने र उसले भनेको मान्ने (आइडियल म्यान) हुनुपर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *