धनको अभाव हुन नदिन घरमा ल्याउनुहोस् यस्ता चिज, हुनेछ माता लक्ष्मीको आगमान !

    केही पक्षी यस्ता पनि हुन्छ जसले तपाईंलाई कुनै पनि क्षणमा धनवान बन्ने योग बनाउन सक्छ। मानिस र चराचुरुङ्गीको गहिरो सम्बन्ध हुन्छ, यो सम्बन्धलाई कसैले राम्ररी बुझेर पूरा गर्‍यो भने त्यस व्यक्तिको जीवनमा लक्ष्मीको कृपाको कुनै कमी हुँदैन।

    त्यसै गरी परेवाको पनि मानव जीवनमा ठूलो महत्त्व छ। परेवा यस्तो चरा हो, जसले व्यक्तिको भाग्य बदल्न सक्छ। आज हामी तपाईलाई यस पोस्ट मार्फत चराको बारेमा विस्तृत जानकारी दिनेछौँ।घरमा परेवा आएर बस्नु धेरै शुभ मानिन्छ,

    त्यसैले मानिसहरूले आफ्नो घरको छत र पालीमा परेवाहरूका लागि पानी र दानाहरू हाल्छन्, जसले गर्दा परेवा दिनमा एक पटक घरमा आउँछ। धार्मिक मान्यता अनुसार परेवाको आगमनलाई शुभ सन्देश दिने मानिन्छ।

    छतमा बसेको परेवा कराएमा भने झनै शुभ हुन्छ।परेवाको एउटा प्वाँखले तपाईको जीवन बदल्न सक्छ। भनिन्छ परेवाको प्वाँख फेला परेमा सेतो वा रातो कपडामा बेरेर सात पटक रातो धागो बेरेपछि धन राख्ने स्थानमा राख्न भनिन्छ।

    यसो गर्नाले तपाईको तिजोरी सधैँ भरी रहनेछ। आर्थिक सङ्कटको सामना गर्नु पर्दैन।बिहीबारको दिन पहेँलो कपडामा परेवाको प्वाँख, पहेँलो कौडा र हलेदोको टुक्रा राख्दा आँटेको कामको सम्भावना बढ्छ।

    यदि श्रीमान्–श्रीमतीबिच झगडा हुन्छ भने परेवाको प्वाँख सुत्ने कोठाको पूर्व दिशामा राख्नुस्। यसले दुईबिचको झगडाको अन्त्य हुनेछ।बैठक कोठाको दक्षिण तर्फको कुनामा परेवाको प्वाँख राख्नु पर्छ। यसले घरमा रहेको नकारात्मक ऊर्जालाई हटाएर घरमा सकारात्मक ऊर्जा प्रवेश गर्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *