सन्तानलाई होचो हुन नदिन बेलैमा गर्नुहोस् यी ६ काम, हर्लक्क बढ्नेछ उचाई !

    पुड्कोपनको समस्या पछिल्लो समय अस्वस्थ खानपानका कारण बढिरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। अधिकांश हामी कतै पाहुना जाँदा होस् वा पाहुनाको स्वागत गर्दा सजिलोका लागि भन्दै जङ्ग फुडको प्रयोग गर्दै आइरहेका छौ।

    यसरी कोसेलीका रूपमा लगिएको जङ्ग फुड खानका बानी लागेका बालबालिका दाल, भात, तरकारी, सागसब्जी, फलफूल जस्ता आवश्यक खानेकुरा खान मन गर्दैनन् ।

    त्यसैले आजकाल धेरै बच्चाहरू बजारमा पाइने प्याकेटका तयारी जंकफुड खाने गर्दछन् । तर प्याकेटका खाद्य सामाग्रीमा पर्याप्त पोषण नहुने भएकाले बच्चाहरू पुड्कोपन हुन सक्छन् ।

    विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुसार औसत बच्चाहरू जन्मँदा ४५ देखि ५० सेन्टिमिटर सम्मको रहने गर्दछन् । एक वर्षभित्र बच्चाको उचाइ २५ सेन्टिमिटरसम्म बढ्नु पर्छ ।२ वर्षमा १२ सेन्टिमिटर बढ्ने तथा त्यसपछिका ३ वर्ष हरेक वर्ष ७ देखि ९ सेन्टिमिटर उचाइ बढ्नुपर्छ । अन्यथा उमेर अनुसारको उचाइ नबढे पुड्कोपन हुनसक्छ ।

    पुड्कोपन हुनुको प्रमुख कारण भनेको जङ्क फुड खानमा धेरै चासो दिनु हो । यस प्रकारको समस्याको समाधान गर्ने मुख्य जिम्मेवारी भनेको अभिभावकको हुन्छ ।

    अभिभावक बाहेक विद्यालय पनि यसको जिम्मेवार हो । अझ कतिपय स्थानमा विपद्का बेला सहयोग भन्दै बाँडिने राहत सामाग्रीमा पनि जङ्क फुड बढी मात्रा हुने गरेको छ । पुड्कोपन कम गर्न जान्नुपर्ने उपाय

    १. आफ्ना सन्तानमा पुड्कोपन नहोस् भन्नका लागी गर्भवती अवस्थादेखि नै नियमित गर्भजाँच गराउनुपर्छ ।

    २. चिकित्सकको परामर्श अनुसार गर्भाअवस्थामा आइरन, क्याल्सियम चक्किको सेवन गर्ने ।

    ३.गर्भवती हुदाँ अन्य समय भन्दा बढि मात्रामा पौष्टिक आहार खाने । पहेँलो फलफूल, माछामासु, सागसब्जी दिन बिराएर सेवन गर्ने ।

    ४.गर्भवस्थामा आमालाई तनाव हुने कुनै काम नगर्ने ।

    ५.गर्भवती महिलासंग झगडा गर्ने, कुटपिट गर्ने वा रुवाउने काम गर्नुहुदैन ।

    ६.शिशु जन्मीएपछि लगाइने सबै खोपहरु खोप तालिका अनुसारको समयमा लगाउने ।

    ७. शिशु जन्मिएपछि शिशुको उचित स्याहार गर्ने । कम्तीमा ६ महिनासम्म आमाको दुधको मात्र सेवन गराउने ।

    ८.बच्चालाई खानामा कोदो, फापर, गहुँ वा चामलको प्रयोग गर्ने, झोल वा दाल अनिवार्य ख्वाउने, हरीयो सागसब्जी, पाकेका फलफुल तथा प्रसस्त पानी ख्वाउने ।

    ९.कम्तीमा साताको २ पटक दूधदहि, माछामासुको खाने । खाजामा मकै, भटमास, चना, चिउरा लगायतको सामाग्री खाने बानि बसाल्ने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *