गर्भावस्थामा कस्ता खाने कुरा खानुपर्छ ?

    गर्भावस्था एक विशेष संवेदनशील अवस्था हो । गर्भवतिले आफ्नो स्वास्थ्यको धेरै नै ख्याल राख्नुपर्छ । गर्भवति महिलाले आफ्नो मनलाई प्रशन्न राख्नुपर्छ र कुनै पनि चिन्ता वा भय लिनुहुन्न किनभने यसको नराम्रो असर गर्भको बच्चामा पर्न सक्छ । त्यसैले गर्भधारणको अघि देखि नै महिलाले सन्तुलित भोजन गर्नुपर्छ खानामा धेरै मात्रामा हरियो सागसब्जी, सलाद, गेडागुडी, दाल, दुध, पनिर र फलफुल खानुपर्छ ।

    १.ओखर
    गर्भावस्थामा ओखर खानु धेरै राम्रो मानिन्छ,ओखरमा प्रोटिन र फाइबर पनि पाइन्छ ।

    २.पालुंगो
    पालुंगोको सागमा क्याल्सियम तथा आइरनतत्व प्रशस्त मात्रामा पाइन्छ । यसले गर्भवति महिलाको शरीरमा रगतको कमी हुनदिदैन र गर्भमा रहेको बच्चाको स्वास्थ्यमा फाइदा पुर्याउछ ।

    ३.गेडागुडी
    गर्भवतिले गेडागुडी खानुपर्छ । यसबाट प्रोटिन, आइरन, फोलिक एसिड, पोटासियम, म्याग्नेसियम जस्ता धेरै पोषक तत्व प्राप्त हुन्छ । यो फाइबरको पनि राम्रो स्रोत हो, यसले गर्भावस्थामा हुने कब्जियतको रोकथाम गर्न सहयोग पुर्याउछ ।

    ४.बदाम
    गर्भमा रहेको शिशुको हड्ढी,दाँत तथा स्नायुहरुको विकाशमा बदामले मद्दत गर्दछ । यसले गर्भवति आमालाई पनि पर्याप्त प्रोटिनको आपूर्ति गर्दछ ।

    ५.दुधजन्य
    गर्भावस्थामा दुध वा दुध जन्य पदार्थको सेवन गर्नुपर्छ । यसबाट गर्भवतिलाई आवश्यक पर्ने पोषक तत्व प्राप्त हुन्छ । गर्भवति महिलाले दिनमा एक लिटर दुधपिउनु राम्रो हो । गर्भावस्यामादही,चिज,पनिरको सेवन पनि लाभदायक हुन्छ ।

    ६.दही
    दही प्रोटिन, प्रोबायोटिक्स र क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्र्रडी बलियो पार्नुका साथै शिशुको स्वस्थ हड्र्रडी विकास गर्ने सहयोग पुर्याउछ ।

    ७.फलफूल
    प्रशस्त मात्रामा ताजा फलफूल खाँदा गर्भावस्थाको सुरुवाती अवस्थामा आउनसक्ने कमजोरीबाट बच्न सकिन्छ । फलफूलमा भिटामिन भरपुर हुन्छ, जसले शरीरमा उर्जा र शक्ति प्राप्त गर्न सहयोग पुर्याउछ ।

    ८.फलामयुक्त खाना
    गर्भावस्थाको पहिलो चरणमा फलामयुक्त खाने कुराको आवश्यक पर्छ । यसले आमा र गर्भको बच्चामा रक्तसंचार राम्ररी गराउछ । चुकन्दर,ड्राइ फ्रुट, पालक आदिमा फलाम पााइन्छ ।

    ९.अन्डा
    गर्भावस्थामा अन्डा खानु राम्रो हुन्छ । अन्डा प्रोटिनको राम्रो स्रोत हो । प्रोटिनले कोषहरु निर्माण गर्न महत्वपूर्ण भुमिकानिर्वाह गर्छ । यसमा प्रशस्त मात्रामा भिटामिन र खनिजतत्वहरु पाइन्छ ।

    १०.भिण्डी
    भिण्डीमा फोलिक एसिड पाइन्छ । जसले सुत्केरीका बेला हुने पीडालाई कम गर्नुका साथै मधुमेहको जोखिम पनि कम गर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *