कसरी माझ्ने दाँत?

    मानिसको मुस्कानले उसको सुन्दरतालाई झन् बढाउँछ। यसका लागि दाँतको सुन्दरता निकै महत्वपूर्ण हुन्छ। त्यसैले दाँतको सफाईमा ध्यान दिनुपर्छ। दाँत स्वस्थ्य हुनु ब्रस गर्नुपर्छ। तर, ब्रस गर्ने सही तरिका के हो? त्यो भने जान्नु जरुरी हुन्छ।

    ब्रसमा थोरै मञ्जन लगाउँनुहोस्: ब्रसमा मञ्जन थोरै राख्दा नै काफी हुन्छ। धेरै मञ्जन लगाउँनु भनेको खेर फाल्नुमात्र हो। धेरै मञ्जनले दाँत चम्काउँने होइन। मञ्जन धेरै हाल्नाले दाँतमा फ्लोराइड जम्छ र राम्ररी सफा नगर्ने हो भने दाँतमा सेता र काला धब्बा देखिन सक्छन्।

    कसरी ब्रस गर्ने? : आफ्नो ब्रसलाई गिजाबाट ४५ डिग्रीको एंगलमा राख्नुहोस्, गम लाइनबाट टाढा राखेर ब्रस गर्नुहोस्। पहिले माथिको दाँत र त्यसपछि तल्लो लहरको दाँत ब्रस गर्नुहोस्। ब्रसलाई गोलो आकार दिँदैं दाँतमा घुमाउनुहोस्।

    राम्ररी ब्रस गर्नुहोस्: ब्रस गर्दा हात हल्का बनाउँनुहोस्। दाँतबाहिर, भित्र र चपाउने बंगारामा सफा गर्नुहोस्। दाँतलाई भित्रबाट सफा गर्न ब्रसलाई माथि तल गरेर पल्टाउनुहोस्।

    जिब्रोको सफाई: दाँतसंगै जिब्रो पनि सफा गर्नुहोस्। जिब्रो सफा गर्न टङ क्लिनरको प्रयोग गर्न सक्नुहुनेछ। यसबाट जिब्रोको ब्याक्टेरिया र श्वास गन्हाउने समस्या हट्छ।

    हरेक तीन महिनामा ब्रस बदल्नुहोस्: ब्रस गरेपछि पानीले राम्ररी कुल्ला गर्नुहोस् र धोएर राख्ने गर्नुहोस्। दन्तरोग विशेषज्ञका अनुसार तीन महिनामा ब्रस बदल्नुपर्छ।

    कम्तीमा दुई मिनेटसम्म ब्रस गर्नुहोस्: यदि तपाईंको बिहान हतारमा ब्रस गर्ने बानी छ भने यसो नगर्नुहोस्। कम्तीमा दुई मिनेट ब्रस गर्नु निकै आवश्यक छ। दुई मिनेट ब्रस गर्दा दाँत स्वस्थ राख्न मद्दत मिल्छ।

    तीनपटक भन्दा बढी ब्रस नगर्नुहोस्: दिनमा दुई पटक ब्रस गर्नु फाइदाजनक हुन्छ। जब राती सुतेपछि ब्रस गर्दा मुखमा ब्याक्टेरिया सजिलैसंग आक्रमण गर्न सक्छ। यसबाट बच्न राती ब्रस गरेर सुत्नुहोस् र बिहान ब्रेकफास्टभन्दा पहिले गर्नुहोस्। दिउँसो लन्च गर्नुअघि ब्रस गर्न सक्नुहुन्छ। तर, दैनिक तीनपटकभन्दा बढी ब्रस गर्नुहुन्न। धेरैपटक ब्रस गर्दा गिजामा नोक्सान पुग्न सक्छ।

    कस्तो ब्रस प्रयोग गर्ने: ब्रस जहिले पनि नरम प्रयोग गर्नुपर्छ। कडा ब्रस प्रयोग गर्दा गिजामा असर र चोट पर्न सक्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *