किन हिन्दु धर्ममा ब्रम्हा को पुजा गरिदैन ?

    हिन्दु धर्म,

    हिन्दु धर्ममा विष्णु, महादेव, शक्ति जस्ता देवी-देवताको पूजा आराधना गरिन्छ, मन्दिरहरू बनाइन्छ । मुर्तीहरू बनाइन्छ । तर, ब्रह्मा भगवानको भने न मन्दिर बनाइन्छ, न त पूजा नै गरिन्छ ।

    आखिर किन त ?

    हिन्दु धर्मशास्त्रका अनुसार, आर्या अथवा वेदिक परम्पराका मानिसहरूले उनको पूजा आराधना गरेको इतिहासमा पाइन्छ । तर जब आर्या सभ्यताको अन्त्य भयो, वेदिक क्षेत्रीयहरूको पनि राज चल्न छोड्यो । फलतः उनीहरूका देवता ब्रह्माको समेत पूजा-आजा हुन कम हुन थाल्यो ।

    तर, ब्रह्माको पूजा नहुनुमा यो मात्रै कारण हुन नसक्ने धर्मशास्त्रीहरू बताउँछन् । जबकि उनकै सहयात्री सरस्वतीको कति धेरै पूजा हुन्छ भने उनको नहुनुमा त पक्कै ठुलो कारण हुनुपर्ने उनीहरूको विश्वास छ ।

    पुराणका अनुसार त्रिमुर्ती भएर पनि पूजा नहुनुमा ब्रह्मा भगवानले श्राप पाएर हो भनेर पनि उल्लेख गरिएको छ ।

    वेदिक रितीअनुसार ब्राहमणलाई पनि धरतीका देवता भनेर उल्लेख गरिएको छ । तर, धार्मिक ग्रन्थमा त्यति धेरै उल्लेख गरिए तापनि उनीहरूको पूजा कतै पनि हुँदैन । ठ्याक्कै त्यसैगरी, सृष्टिकर्ता भए तापनि ब्रह्मा भगवानको पूजा नगरिएको पाउन सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *