अत्यधिक मासु खाँनुका यस्ता छन् घातक बेफाइदा ! ख्याल गर्नुहोस।

    अत्यधिक मासु सेवनले मिर्गौलालाई बढी लोड पुर्‍याउने हुन्छ । चिल्लो पदार्थ तथा तेलमा पकाएका खानेकुरा मुटुका बिरामीका लागि हानिकारक छ । त्यसैले मासुको प्रयोग कम गर्नुपर्छ ।

    रक्तचाप भएका बिरामीले चिल्लोयुक्त खानेकुरा र रातो मासु खानुहुँदैन । मासु खान मन लागेमा सेतो मासु खानुपर्छ । युरिक एसिडका बिरामीका लागि पनि रातो मासु हानिकारक छ ।

    धेरै मसला हालेर मासु पकाउन हुँदैन । बोसोयुक्त मासु छ भने तातोपानीमा उमालेर बोसोलाई फालेर खानुपर्छ । चिल्लो धेरै हुँदा ब्लड सर्कुलेसनमा असर गर्दछ । खानामा अत्यधिक मात्रामा फलफूल, तरकारी, सागपातको मात्रा बढाउनुपर्छ ।

    धेरै मात्रामा मासु खाँदा मधुमेह, मिर्गौला रोगी, मुटुरोगी, उच्च रक्तचापका बिरामी, क्यान्सरका बिरामीलाई हानि गर्छ । स्वस्थ मानिसदेखि बिरामीसम्मलाई मसलायुक्त खानेकुराले असर गर्ने हुँदा चिल्लो तथा मसलायुक्त खानेकुरा नखाँदा नै राम्रो हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *