कहिल्यै सफल हुँदैन यी २ राशि बीच प्रेम र विवाह !

    ज्योतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन् ।कुनै-कुनै राशिबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ । भने केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ ।

    जान्नुहोस्, जुन राशिहरुबीच प्रेम वा विवाह गर्नु नराम्रो मानिन्छः

    मिथुन र मकर

    मिथुन राशिलाई मकरको जिद्दीपन र कुनै पनि कामलाई पूरा गरेरै छोड्ने बानी एकदमै मनपर्छ । यी राशिका व्यक्ति यति प्रभावित हुन्छन्, कि मकर राशिले जस्तै जीवनशैली बनाउँने प्रयास गर्छ । यस्तो अवस्थामा मिथुन राशिले आफ्नो अस्तित्व र आत्मविश्वास गुमाउँने गर्छन् ।

    मेष र वृश्चिक

    एकतर्फी प्रेमले कसरी समस्या उत्पन्न गराउँछ भन्ने कुरा यी दुई राशिको जोडीबाट थाहा पाउँन सकिन्छ । मेष राशिका व्यक्ति वृश्चिक राशिलाई चाहेर पनि मनाउँन सक्दैनन्, टाढा पनि बस्न सक्दैनन् । मेष र वृश्चिकका राशिले चाहेर पनि प्रेम वा विवाह गर्न नहुने ज्योतिष शास्त्रको भनाई छ ।

    वृष र धनु

    वृष र धनु राशिबीच प्रेम वा विवाह सम्बन्ध भएमा तहस–नहसको स्थिति सिर्जना गर्ने बताइन्छ । बृष राशिका व्यक्तिहरु जे सोच्छन् वा जीवनमा आफूले बनाएको लक्ष्य धनु राशिले परिवर्तन गराउँने अवस्थामा आउँछ । एकातिर धनु राशिकाले वृषका लाई पूरै परिवर्तन गराउँन चाहन्छन्, तर वृष राशिका परिवर्तन हुन चाहँदैनन् । यसरी यी राशिबीच तालमेल नमिल्ने हुन्छ ।

    कर्कट र कुम्भ

    कर्कट राशिलाई झुट मनपर्दैन, जहाँ कुम्भ राशिले भने सम्बन्धमा धेरै पारदर्शिता राख्नुपर्छ भन्नेमा विश्वास गर्दैन । त्यसैले, यी राशिबीच तालमेल नमिल्ने हुन्छ र यी बीचको सम्बन्धमा झमेला आउँने बताइन्छ ।

    सिंह र मीन

    मीन राशिका व्यक्ति आफ्नै दुनियाँमा व्यस्त रहने हुन्छन, जहाँ सिंह राशिका लागि भावना देखाउँनु र महसुश गराउँनेमा विश्वास गर्छ । सिंह राशिका व्यक्ति आफ्नो जोडी आफ्नो काममा पनि ध्यान दिओस्, कामप्रति राय तथा भावना व्यक्त गरोस भन्ने चाहन्छ। तर मीन राशिका व्यक्तिले भावुक सिंह राशिकालाई वास्तविक जीवनमा ल्याउँन गाह्रो हुन्छ । यसै कारण यी दुई राशिबीच सम्बन्ध बनाउँन गाह्रो हुने बताइन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *