अल्सर बिग्रिए घा-तक हुनसक्छ त्यसैले थाहा पाइराख्नुस् अल्सरका यि सात लक्षण र बच्ने घरेलु उपाय !

    पेटमा अल्सर हुनु मात्र दुखाई मात्रै होइन, निकै खतरनाक समेत सावित हुन सक्दछ । यो समस्या थाहा पाउने बित्तिकै यसको उपचार सुरु गर्नु जरुरी हुने गर्दछ नत्र यसले आन्द्राको क्यान्सर पनि जन्माउने सम्भावना रहन्छ । पेटको अल्सर मतलब पेटमा हुने छाला वा यस्तो घाउ जुन फोका बनेपछि हुन्छ । यसप्रकारको समस्या अक्सर खानपानमा गलत परिवर्तनका कारण उत्पन्न हुने गर्दछ जुन कहिले काँहि घातक सावित हुन सक्दछ ।

    अल्सर, शरीरभित्र साना आन्द्राको सुरुवाती स्थानमा वा म्युकल झिल्लीमा हुने छाला वा घाउ हो । यसप्रकारको अल्सरलाई पेस्टिक अस्लसर वा ग्यास्टिक अल्सर भन्ने गरिन्छ । याे राेग लाग्नुकाे मुख्य कारण पेटमा अम्ल बढ्नु, धुमपान एवं नषा-लु पदार्थको सेवन, अत्याधिक स्टिरोयडसको सेवन, अनुवांशिक कारण, अत्याधिक तनाव वा खापानमा गडबडी हुनु हो । हेलिकोबैक्टर पाइलोरी नामक जीवाणुको संक्रमण पनि पेटमा अल्सर हुने एउटा प्रमुख कारण हो । यस्ता छन् अल्सरको लक्षणहरु:-

    १) दिसामा रगत आउनु वा रंग गाढा हुनु । २)कयौ मानिसलाई पटकपटक डकार आउने समस्या हुन्छ ।

    यो पेटको अल्सरको एउटा लक्षण पनि हुन सक्दछ । त्यसैले अलि सम्हालिनुस् । ३) पेटको माथिल्लो भागमा दुख्नु एवं जलन हुनु वा पेय पदार्थ पिएपछि असहजता अनुभव हुनु । ४) पेटमा कुनै प्रकारको घाउ वा पीडा महशुस हुनु एवं आन्द्रामा जलनको गुनासो हुनु ।

    ५) पेटमा सूजन, छातीमा जलन एवं ग्यासको समस्या हुनु । ६) तौल कम हुनु र भोग नलाग्नु । ७) खोक्दा रगत आउनु वा वान्ता हुनु । त्यसो त सुरुवाती चरणमा अल्सरको पहिचान गर्न मुश्किल हुन्छ तर यदि तपाईलाई यसप्रकारको स्वास्थ्य समस्याहरु छ भने त्यो अल्सरको लक्षण पनि हुन सक्दछ । साथै यस्ता छन् अल्सरको घरेलु उपायहरु:-

    १) बदामलाई रातभर पानीमा भिजाएर बिहान त्यसलाई चबाएर खानुस्, जसबाट यसको दुध पेटको छालासम्म पुगोस । तपाई चाहनु हुन्छ भने बदामलाई दुधमा पिँधेर पनि प्रयोग गर्न सक्नु हुन्छ । २) गाईको दुधमा बेसारको केही मात्रा मिलाएर त्यसलाई दिनहुँ पिउँदा पनि पेटको अल्सरमा लाभ हुन्छ ।

    ३) जाभाकुसुमको रातो फूललाई पिँधेर पानीका साथ यसको सर्बत बनाएर पिउनुस् । पेटको अल्सरका लागि यो एउटा उत्तम औषधि हो । ४) केरा, नरिवल, काउली, गाजर, मेथी र शितल चिनीलाई कुनै पनि रुपमा सेवन गर्न सकिनेछ । अल्सर रोगका लागि यो लाभदायी छ। ५) बेलको जुस वा बेलपत्रलाई पिँधेर त्यसलाई पानीमा मिसाएर बनाएको पेय सेवन गर्दा पनि पेटको अल्सरमा लाभ प्राप्त हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *