पुरानो भन्दा पुरानो जण्डिस निको पार्छ यो फलले, यसरी गर्नुहोस् प्रयोग

    विभिन्न रोगको औषधी हाम्रै वरीपरी हुन्छन् । गाउँ घरमा हुने त्यस्ता जडिबुटीहरु कतिपय हामीले पहिचान गर्न सकेका हुँदैनौं भने कतिपय थाहा पाउँदा-पाउँदै पनि प्रयोग गर्ने तरिका नजानेर खेर गइरहेका हुन्छन् ।कतिपय महत्वपूर्ण जडिबुटी कौडीको भाउमा बेचेर त्यसबाट बनेका औषधीहरु महँगो मुल्यमा किन्न बाध्य छौं । आज हामीले हाम्रै गाउँघरमा पाइने पानी अमलाको औषधीय गुणका बारेमा चर्चा गरेका छौं ।

    पानी अमलाबारे कतिपयलाई थाहा छैन होला । अमलासँग परिचित भएपनि पानी अमला पनि हुन्छ र ? भन्ने प्रश्न पनि कतिपयलाई उब्जिन सँक्छ । पानी अमला वन जंगलमा पाइने एउटा वनस्पति हो । जंगलमा पाइने एक किसिमको झार जसको जमिन मुनि फलेको दाना औषधिको रुपमा खाइन्छ । जसलाई पानी अमला अर्थात भुइँ अमला पनि भन्ने गरिन्छ।

    यसको प्रयोग: पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुने आयुर्वेदले जनाउँछ। यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । यो मधुमेहका रोगीकालागि पनि लाभदायक मानिन्छ।

    यो पनि,ड्रागन फल खादा स्वास्थ्यलाई हुन्छन यति धेरै फाइदा, ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महंगो मूल्यलाई बिर्साइदिन्छ । ड्रागन फलको खेती गर्न त्यति गाह्रो छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिव तीन हजार मिटसम्मको उचाईमा ड्रागन उत्पादन सम्भव छ ।

    सुक्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ । ड्रागनको बोटले थुप्रै वर्षसम्म उत्पादन दिने गर्छ । एउटा फलको तौल १ सय ५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । घरको छत तथा करेसावारीमा समेत बिरुवा रोप्न सकिन्छ । फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ । जेठदेखि असोज-कात्तिकसम्म फुल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ ।

    ड्रागन फलको फाइदा: छालासम्बन्धि विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ । यसले कपाललाई पनि फाइदा पुर्‍याउँछ । यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ ।कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ । यसले कब्जियतको समस्यालाई समेत निको पार्छ । क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि यो फल सेवन गर्दा हुन्छ ।

    यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ । मजबुत हाड र दाँतको लागि ड्रागनको फल उपयोगी हुन्छ । साथै यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पुर्‍याउँछ । बढ्दो उमेरका बालबालिकाका लागि यो फल निकै उपयोगी हुन्छ । यसले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउँछ ।

    आँखाको दृष्टिका लागि पनि यो उपयोगी फल हो । फल एक, उपभोग अनेक: यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी डि्रंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसबाट केक पनि तयार पार्न सकिन्छ । गर्मी मौसममा लस्सी बनाएर खान सकिन्छ । ड्रगनको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ । यो फल सलादको रुपमा पनि प्रयोग हुन्छ । बिभिन्न स्विट परीकारमा निकै उपयोगी हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *