किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ?

    किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ? ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।

    १ राति सुत्नु अघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्ने गर्नुहोस । भान्सा कोठामा पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतिको बाटोहरु खुल्दछन् ।

    २. घरको मुख्य ढोका अगाडी फोहोर कहिले नराख्नुहोस,भनिन्छ यसो गर्नाले छिमेकी शत्रु बन्न पुग्छन्।

    ३. खाना खाएपछि भान्सा कोठामा जुठो भाडा कहिले नराख्नुहोस् । यदि रातमा भाडा माझ्न सकिदैन भने पानीले पखालेर मात्र भएपनि राख्नुहोस् तर जुठो नराख्नुहोस् । जुठो राख्नाले धन हानी हुन्छ ।

    ४. सुर्यास्तको समयमा कसैलाई पनि दुध,दही या प्याज नदिनुहोस् । यसो गर्नाले घरको सुख शान्ति र सम्पत्ति नष्ट हुन जान्छ ।

    ५. सुत्ने ओछ्यानमा बसेर खाना कहिले नखानुहोस् । यसले घरमा अशान्ति निम्त्याउँछ ,साथ साथै ऋण लाख्दछ।

    ६. घरमा बनाईएको पुजा स्थल अथवा मन्दिरको ईशान कोणमा सधै कलशमा पानी भरेर राख्नुहोस । यसो गर्दा घरमा बस्ने मान्छेको लागि शुभ हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *